मासु खाँदा घाँटीमाअडकिएर एकजनाको मृत्यु

पोखरान्युज डटकम –

घरमा बसेर मासु खाँदा घाँटीमा अड्किएपछि कञ्चनपुरको कृष्णपुर– २ वाणीका ५६ वर्षीय बहादुर रावलको मृत्यु भएको छ ।
गुलरियास्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक भरतसिंह धामीले मासु खाने क्रममा घाँटीमा अड्किएर रावलको मङ्गलबार राति मृत्यु भएको बताउनुभयो ।

उनलाई उपचारका लागि भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पताल पु¥याउँदा बाटोमै मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button