पोखरा –
यातायात असुविधाका कारण छिमेकी जिल्ला बागलुङकी एक महिलालाई उपचारका लागि हेलिकप्टर प्रयोग गरी पोखरा लगिएको छ ।
दक्षिण बागलुङको जैदी गाविस–३ रोहटेकी जमुना चालिसेलाई आज श्वासप्रश्वासमा समस्या आएपछि हेलिकप्टर चार्टर गरी पोखरा लगिएको हो ।
सडक सुविधा नभएको उक्त गाउँमा प्रभु एयरलाइन्सको हेलिकप्टरमार्फत रु एक लाख खर्चिएर उनलाई उपचारका लागि पोखरास्थित मणिपाल अस्पतालमा लगिएको हो ।
सडक सुविधा नभएका कारण उक्त गाविसका बासिन्दा अहिले पनि बिरामी हुँदा हेलिकप्टरमा लाखौँ खर्च गर्न बाध्य भएका छन् । चालिसेका परिवारले पनि ऋण काढेर हेलिकप्टर चार्टर गरेको स्थानीय बलभद्र चालिसेले जानकारी दिनुभयो ।
सडक यातायातको सुविधा लिन घन्टौँ हिँड्नुपर्ने बाध्यता रहेका गाउँलेले बिरामी पर्दा हैरानी व्यहोर्दै आएका छन् । केही दिन अगाडि छिमेकी गाविस छिस्तीका टीकानिधि उपाध्याय बिरामी परेपछि उपचारका लागि उनलाई पनि हेलिकप्टर चार्टर गरेर काठमाडौँ लगिएको थियो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution