पोखराको तालबाराही मन्दिरमा आज कोजाग्रत पूर्णिमा मेला : दर्शनार्थीहरुको भिड

पोखरा –

पोखराको प्रसिद्ध शक्तिपीठ तालबाराही मन्दिरमा आज कोजाग्रत पूर्णिमा मेला लागेको छ । हरेक वर्ष कोजाग्रत पुर्णिमाको दिन  पोखराको  प्रसिद्ध धार्मिक  एवं मुख्य पर्यटकीय स्थल मानिने यो मन्दिरमा दर्शनार्थीहरुको भिड लाग्ने गर्दछ ।

दर्शनार्थीहरुले जमरा सेलाउने देखि ताल बराही मन्दीरमा दर्शन गर्दा मनोकाक्षा पुरा हुने धार्मिक विश्वासले मन्दीरमा दर्शन गर्न विहान ४ बजे देखिनै  भिड हुने गर्दछ । मन्दीरमा दर्शनार्थी सहित पर्यटकहरुलाई लैजान शनिबार विहान देखि डुंगा व्यावसायीहरुलाई भ्याई नभ्याई भएको डुंगा व्यवसायी पृतम कुंवरले बताए ।

barahi-temple

फेवा डुंगा व्यवसायी संगठनका अध्यक्ष बुद्धि बहादुर नेपालीले यस बर्ष ताल वराही मन्दीरमा जाने दर्शनार्थीहरुको लागि मध्यनजर गर्दै आवश्यक पर्ने डुंगाको व्यबस्था मिलाएको बताए । उनका अनुसार आज ३ सय ५६ वटा डुंगा तयारी अबस्थामा राखिएको बताए  । आफुहरुले दर्शनार्थीहरु सबैलाई लाइफ ज्याकेटको समेत व्यबस्था समेत गरेको नेपालीले बताए ।

मन्दिर जाने ताल बाराही घाटमा लत्ताकपडा , फलफूल, घरायसी प्रयोगका सामग्री, खेलौना, खाद्यपदार्थ आदिको मेला समेत लागेको छ

कोजाग्रत पूर्णिमाको अवसरमा पोखरा क्षेत्रमा रहेको अन्य देबिदेवताका मन्दीरहरुमा यस बर्ष पनि दर्शनार्थीहरुको  उतिकै भिडभाड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button