लोमान्थाङवासीद्वारा नेपाली सेनालाई सय रोपनी जग्गा निःशुल्क प्रदान

मुस्ताङ –

लोमान्थाङमा नेपाली सेनाको अस्थायी क्याम्प राख्न त्यहाँका बासिन्दाले सय रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन् ।

तत्कालीन प्रधानमन्त्री केपी ओली शर्मा नेतृत्वको सरकारले उपल्लो मुस्ताङमा पहिचान भएको युरेनियमको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएसँगै लोमान्थाङमा सेनाको अस्याथी क्याम्प राख्ने तय भएको थियो । सेनालाई उपयुक्त हुने स्थानमा सो जग्गा निःशुल्क उपलब्ध गराएको स्थानीय समाजसेवी इन्द्रधारा विष्टले बताउनुभयो ।

“विभिन्न व्यक्तिको निजी जग्गा हो, तैपनि हामीले सल्लाह गरेर सेनालाई निःशुल्क दिएका हौँ”, उहाँले भन्नुभयो, “नेपाली सेना निरन्तर यहाँ बस्यो भने हामीलाई पनि सजिलो हुन्छ ।”

तत्कालीन उद्योगमन्त्री सोमप्रसाद पाण्डे सहितको विज्ञको टोलीले लोमान्थाङ क्षेत्रमा बहुमूल्य युरेनियम रहेको सरकारी स्तरबाट औपचारिक पुष्टि गरेसँगै त्यसको सुरक्षाको जिम्मा सेनालाई दिएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button