भारतको बनारसमा भएको घटनाप्रति काँग्रेसद्वारा दुःख व्यक्त

काठमाडौँ –

भारतको बनारसस्थित एक धार्मिक कार्यक्रममा भागदौड हुँदा २४ जनाको मृत्यु र दुई दर्जनभन्दा बढी व्यक्ति घाइते भएको घटनाप्रति नेपाली काँग्रेसले गहिरो दुःख व्यक्त गरेको छ ।

“धार्मिक महत्वका स्थलमा मित्रराष्ट्र भारतले व्यहोर्नु परेको यो दुःखद घटनाप्रति सहानुभूति प्रकट गर्दै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै दिवङ्गत आत्माको चीर शान्तिको कामनासहित उहाँहरुका शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु” सभापति शेरबहादुर देउवाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पार्टीले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button