पोखराको फिर्केखोलामाथि मोटरेबल पुल बन्ने

पोखरा –

पोखरा नगर क्षेत्र भएर बग्ने फिर्के खोला माथि मोटर चल्ने पुल निर्माण गरिने भएको छ ।

व्यवस्थित पुलको अभावमा वर्षात्को समयमा खोला उर्लिँदा सवारीसहित मानिस बगाउने समस्या बढ्दै गएपछि जिल्ला विकास समिति कास्कीको सक्रियतामा पुल निर्माण गर्न लागिएको हो ।

पोखरा उपमहानगरपालिका–६ बैदाम र उपमहानगर–७ जोड्ने गरी मालपोत कार्यालय कास्की नजिकै निर्माण गर्न लागिएको सो पुलको सोमबार यहाँ आयोजित एक समारोहका बीच स्थानीय विकास अधिकारी दामोदर भण्डारीले शिलान्यास गर्नुभयो ।

कुल रु एक करोड आठ लाख २९ हजार लागतमा निर्माण हुन लागेको १० मिटर लम्बाइको सो पुल आगामी २०७४ असोज ३ गतेभित्र निर्माण सम्पन्न गरिने प्रमुख जिल्ला इन्जिनियर नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाल सरकारको ७० प्रतिशत र जिल्ला विकास समिति कास्कीको ३० प्रतिशत सहयोगमा पुल निर्माण सम्पन्न गरिनेछ । शिलान्यास कार्यक्रममा स्थानीय विकास अधिकारी भण्डारीले स्थानीयवासीको माग र आवश्यकताअनुसार जिल्ला विकास समितिले पुल निर्माण गर्न लागिएको बताउनुभयो ।

कार्यक्रममा पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष प्रकाशमोहन खनाल, प्रमुख जिल्ला इन्जिनियर नारायण श्रेष्ठ, फिर्के खोला सरोकार समितिका अध्यक्ष रत्नबहादुर ठकुरी, जिविसका सामाजिक विकास अधिकृत अर्जुन न्यौपानेलगायतले पुलको महत्व र फिर्के खोला संरक्षणको विषयमा आआफ्ना धारणा राख्नुभएको थियो ।

नयाँ पुल बन्न लागेको स्थानमा कलभर्ट मात्रै हुँदा खोला उर्लेका बेला आवतजावतमा समस्या हुने गरेको बताउने स्थानीयवासी नयाँ पुल बन्ने भएपछि सुरक्षित आवतजावत गर्न सकिने कुराले हर्षित बनेका छन् । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button