चौथो रामबजार महोत्सव हुने

पोखरा –

आऔ, खाऔ अनि रामबजार मै रमाऔ भन्ने मूल नाराका साथ रामबजार युथ क्लबले चौथो रामबजार महोत्सव – २०७३ गर्ने भएको छ।

महोत्सव कार्तिक ७ देखि १३ गतेसम्म रामबजारस्थित कालिका उच्च माविको प्राङगणमा चल्ने छ। रामबजारको पहिचान र विकासको मुख्य उदेश्यले महोत्सव आयोजना गर्न लागिएको हो। महोत्सवले कला संस्कृतिको प्रवद्र्वनगर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्वनमा समेत टेवा पुरयाउने अपेक्षा गरिएको छ।

महोत्सव सम्पन्न गर्नका लागि क्लबका अध्यक्ष कुमार थिङग तामाङको अध्यक्षतामा ५१ सदस्यीय मूल आयोजक समिति र विभिन्न सात वटा उपसमितिहरु गठन गरिएको छ। महोत्सवको तयारी तिव्र पारिएको क्लबका अध्यक्ष तामाङको भनाई छ।

महोत्सवमा विभिन्न उत्पादन तथा व्यवसायीक प्रयोजनका झण्डै ३५ वटा स्टल रहेका छन्। महोत्सवलाई रामबजार सोसाईटी यु.के, रामबजार समाज हङकङ सहित पोखराका व्यवसायी सङघ-संस्थाको सहयोग रहने छ।

महोत्सवको आकर्षणमा लोक नृत्य, राष्ट्रिय एवं स्थानीय कलाकारहरुको प्रस्तुती, जातीय झाँकी, खानेकुरा तथा खेलकुदका स्टल, बाल उद्यान रहेको क्लबका महासचिव खगेन्द्र क्षत्रीले जानकारी दिए।

महोत्सव झण्डै ९० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ। महोत्सव सम्पन्न गर्न २५ लाख ९५ हजार खर्च लाग्ने र महोत्सवबाट पाँच लाख ५० हजार रुपैया बचत हुने अनुमान गरिएको छ।

यसपटक टिकट विक्रीको रकममध्य प्रति टिकट एक रुपैया श्रमिक बालबालिकाको हितका लागि प्रदान गरिने छ भने बचत रकम सामाजिक विकासका लागि खर्च गरिने छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button