पोखरामा बालअधिकार संरक्षण (प्रयास) को अडिसन सम्पन्न

पोखरा –

अडिसनमा भण्डारी प्रथम, बालप्रतिभा उत्प्रेम सम्मानित

सडक बालबालीका र चुरोट सुर्ति जन्य पदार्थ खरिद बिक्रीमा रोक लगाउने उद्धेश्यले पोखरामा निमार्ण हुन लागेको छोटो चलचित्र निमार्णको लागि बुधबार अडिसन समापन भएको छ ।

सरोकारपक्ष यस बिषयमा गम्भीर नहुदा सरकारले ल्याएको एन कानुन समेत पालना गर्न कठिन भएकोले आफुहरुले निमार्ण गरेको फिल्मबाट समाजमा सचेतना जगाउने उद्धेश्यले उक्त फिल्म निमार्णको तयारी स्वरुप केहि कलाकार छनौट गर्न अडिसन लिइएको आयोजक मुस्कान क्लवका अध्यक्ष जैनव खातुनले बताईन । विभिन्न स्थानबाट आएका व्यक्तिहरुलाई उनीहरुको कला अनुसार प्रतिभा प्रस्फुटन गर्न दिएर उनीहरुको अडिसन मार्फत छनौट गरीएको खातुनले बताईन । प्रतियोगिहरुले विजयी वन्नको लागि ९० प्रतिशत प्रतिभा र १० प्रतिशत फेसवुक पेज लाइकले मान्यता दिएको अध्यक्ष खातुनले बताइन । आयोजक क्लव भए पनि क्लवको आयश्रोत नभएकोले क्लवको उद्धेश्य अनुसार आफ्नो पहलमा उक्त फिल्म आगामी २ महिना भित्र तयार पार्ने लक्ष्य राखिएको उनले बताईन ।

short-movie-audition

पोखराको साईमन पार्टी प्यालेसमा भएको उक्त अडिसनमा प्रसुना भण्डारी प्रथम भएकीछन । १३ जनाको फाईनल चरणको अडिसनमा उनले उत्कृष्ट नृत्य प्रस्तुत गरी अडिसनमा प्रथम भएकी हुन । त्यसै गरी गायनमा उत्कृष्ट गरेका सन्देश विक अडिसनमा दोश्रो भए भने नाटकमा उत्कृष्ट अभिनय गरेका समिर रामदाम तेश्रो भए । अडिसन समापन समारोहका प्रमुख अतिथि गोर्खा एण्ड बराह ज्वेलरी ईण्डष्ट्रिज प्रा.लि.का अध्यक्ष एवं समाजसेवि हरिकुमार धमलाले विजयी प्रतियोगिहरुलाई ट्रफीको साथमा खादा लगायर पुरस्कार वितरण गरेका थिए ।

प्रतिभा तपाईको साथ हाम्रो अडिसनको समापन कार्यक्रममा छनौटमा परेका प्रतियोगिहरुले आ–आफ्नो प्रस्तुती राखेका थिए। गोर्खा एण्ड बराह ज्वेलरी ईण्डष्ट्रिज प्रा.लि.का अध्यक्ष हरिकुमार धमलाले सडक वालवालीकाको क्षेत्रमा काम गर्दै आएको क्लवको प्रंशम्सा गर्दै दिगो रुपमा सडक वालवालीकाहरुको व्याबस्थापनमा काम गर्न थालनी गरे आफुहरुलेसाथ र सहयोग गर्ने वचन दिए । उनले भने “आजका वालवालीका भोलिका भाविश्यका कर्णधार हुन, जुन अबस्थामा उनीहरुलाई हामी र हाम्रो समाजले वेवास्था गछौं भोलि समाजमा विकृति विसङगती उनीहरुबाटै हुने भएकोले सडक वालवालीकालाई समयमै व्यबस्थापन गर्नु पर्दछ । ” गहना किनेको हरेक विलबाट २० रुपैया विपन्न जेहेन्दार बिद्यार्थीहरुको लागि छात्रबृत्ति कोषलाई सहयोग गर्दै आएको बताएका धमलाले सडक वालवालीको दिगो व्यबस्थापनको लागि सहयोग गर्न सकिने जनाए ।

क्लवका सल्लाहकार जस बहादुर गुरुङ, झलकमान गन्धर्व राष्ट्रिय लोक वाजा सारङगी पाठशाला प्रतिष्ठानका अध्यक्ष झलकमान गन्धर्व निर्णायकमा रहेका थिए । मानव अधिकारकर्मी धिरज थापाले सडक वालवालीकाहरुको विषयमा क्लवले उठाएको मुद्धा निकै राम्रो भएको जनाए । नेपाल पत्रकार महासंघ कास्कीका सदस्य दिननाथ बरालले समाज रुपान्तरणमा क्लवले थालेको अभियानलाई सहयोग गर्नुपर्ने बताए । प्रतिभा तपाईको साथ हाम्रो भन्ने नाराका साथ निमार्ण हुन लागेको उक्त फिल्म करीब १४ लाख खर्च हुने अपेक्षा गरीएको छ । कुलत तथा धुम्रपानमा संलग्न, सडक तथा श्रमिक बालबालिकाहरुको समस्यामा आधारित समाजमा सचेतना फैलाउने उद्धेश्यले पनि आमसञ्चार माध्यमको प्रयोगद्धारा समाजलाई दुव्र्यशनी मुक्त शहर बनाउने लक्ष्य राखिएको खातुनले जनाईन ।

उक्त अवसरमा वालप्रतिभा उत्प्रेम जोजिजूलाई सम्मान गरीएको छ । दुई बर्षको उमेरमै ड्रम सेट बजायर विश्वलाई चकित पारेका जोजिजूले नेपालको नाम विश्व सामु राख्न सफल भएको भन्दै क्लवले उनलाई सम्मान गरेको क्लवका सदस्य परिना केसीले बताईन । उक्त अवसरमा जोजिजूका बाबु गायक विनित जोजिजूले आफ्नो छोरा अब आफ्नो मात्र नभई नेपालकै धेरै वालवालीकाहरुको प्रेरणाको श्रोत भएको बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button