पोखराको पुम्दीकोटमा एक सय ८ फिट अग्लो महादेवको विशाल मुर्ति बनाइने

पोखरा –

पर्यटन मन्त्रालयबाट पहिलो चरणमा २० लाख विनियोजन

धार्मिक तथा पर्यटकीय महत्व वोकेको पोखराको पुम्दीकोटमा भगवान महादेवको विशाल मुर्ति स्थापना हुने भए पछि स्थानीयहरु तातेका छन ।

परम्परादेखि महिलाहरुको महान पर्व हरितालिका जित पर्व र महाशिवरात्रिको दिनमा बिशेष पुजा हुने गरेको सो क्षेत्र पर्यटकीय दृष्टिले आफैमा रमणिय भएकोले गर्दा सो क्षेत्रको धार्मिक सहित पर्यटन प्रवद्र्धन गर्ने अभियान स्वरुप उक्त मुर्ति स्थापना गरीने भए पछि स्तानीयहरु आ–आफ्नो क्षेत्रबाट तातेका हुन।

pumdikot

परम्परादेखि बिशेष महत्व वोकेको सो क्षेत्रको दिगो आर्थिक विकास, समृद्धि, समतामुलक, समुन्नत समाज निमार्णका लागि स्वधर्म संस्कृति र संस्कारको संरक्षण गर्ने उद्धेश्यले पुम्दीकोटमा विशाल महादेवको मुर्ति स्थापना गर्न लागिएको शनिबार पुम्दीकोटमा आयोजना गरीएको पत्रकार सम्मेलनमा जानकारी गराईएको हो । सम्भव भएसम्म एक सय ८ फिट अग्लो महादेवको मुर्ति राख्ने तयारी भएको पुम्दीकोट बिशाल महादेव मुर्ति निमार्ण उपभोक्ता एवं पर्यटन प्रवद्र्धन समितिका संयोजक चन्द्रकान्त बरालले बताए । प्राविधिक हिसावले उक्त क्षेत्रमा एक सय आठ फिट अग्लो मुर्ति राख्ने अनुमति पाएको खण्डमा आफुहरु राख्ने महादेवको मुर्ति उभिएको अबस्थामा राख्ने अन्यथा महादेवको पलेटि कसेर बसेको भए पनि शिवको मुर्ति बनाई छाड्ने उनले दाबी गरे ।

पुम्दीकोटको बृहत योजना ५ बर्षको भएको बताएका संयोजक बरालले उक्त प्रोजेक्ट सफल पार्न करीब २१ करोड लागत लाग्ने बताए । मङ्सिर पहिलो साता महादेवको मुर्ति र स्मृति पार्कको शिलन्यास गर्ने गरी तयारी अघि बढेको बताएका बरालले २ बर्ष भित्रमा यस योजना सम्पन्न गर्न ५ करोड २५ लाख लाग्ने बताए । पुम्दीकोटको उक्त योजनालाई सफल पार्न नेपाल सरकार नागरीक उडड्यन तथा पर्यटन मन्त्रालयबाट पहिलो चरणमा २० लाख रुपैया विजियोजन समेत गरेको संयोजक बरालले जनाए ।

pumdikot-2

मुर्तिको वरिपरि १ सय ८ शिव लिङग् निमार्ण गर्ने र मुर्तिलाई डाई मार्फत गणेशले परिक्रमा गरिरहने सहितको मुर्ति निमार्ण गर्ने, ध्यान केन्द्र निमार्ण गर्ने, स्मृति पार्क निमार्ण गर्ने, शहिद स्मारक पार्क लगायतका योजनाहरु हरेको बरालले जनाए । यस अभियानलाई २५ लाख भन्दा माथि सहयोग गर्ने सहयोग दाताको इच्छा अनुसारको अर्ध कदको शालिक राख्ने व्याबस्था गरीने भएको समितिले जनाएको छ । उक्त योजना सफल पार्न मुख्यत नेपाल सरकार, सरोकारवाला धार्मिक तथा सामाजिक संघ संगठनहरु, देश विदेशमा रहनु हुने सहयोगी शुभचिन्तकहरु र स्थानीय एवं सम्पुर्ण पोखरेलीहरु आर्थिक श्रोतको प्रमुख आधार भएको बरालले जनाए । उनले भने “ यस अभियानलाई सफल पार्न हामीले छिट्टै महायज्ञ समेत आयोजना गर्दै छौं । ”

पोखराबाट करीब १३ किलोमिटर सडक मार्गबाट पुग्न सकिने पुम्दीकोटबाट अन्नपुर्ण, माछापुछ्रे लगायतका हिमाश्रृखला, फेवाताल, पोखरा लगायतको दृश्यहरु देख्न सकिने भएकोले दृश्यावलोकनको दृष्टिले पनि निकै महत्व रहेको उनले जनाए । केहि बर्ष पहिला बरालकै संयोजकत्वमा पुम्दीकोटमा करीब ४५ लाखको लागतमा भ्यु टावर निमार्ण भएको थियो । हाल उक्त भ्यु टावरबाट अवलोकन गर्न आन्तरीक तथा बाह्यि पर्यटक जाने गरेको समितिका सचिव प्रकाश बरालले बताए । १७ रोपनी क्षेत्रफल रहे पनि हाल निमार्ण हुने योजना करीब १२ रोपनी क्षेत्रफलमा हुने भएको उनले जनाए । समुद्रीसतह देखि करीब १५ सय मिटर उचाईमा पुम्दीकोट पर्दछ सो क्षेत्रसम्म जानको लागि शान्ति स्तुपा हुदै, छोरेपाटन हुदै, तिलाहार, कालाभाङ घडेरीको होम स्टे हुदै जान सकिन्छ ।

pumdikot-mahadev-pictureविश्व शान्ति स्तुपामा आउने पर्यटकहरुलाई सहज रुपमा पुम्दीकोटसम्म पुराउने र सो क्षेत्रलाई पुम्दीकोट, चौउगाडे, भुम्दीकोट, कालाभाङ होम स्टे, थाप्लेडाँडा र पन्चासेसम्म रहेका महत्वपूर्ण क्षेत्रहरुको पर्यटकीय प्रवद्र्धन गर्दैै जाने आफुहरुको लक्ष्य रहेको संयोजक बरालले जनाए । यस क्षेत्रका युवाहरुलाई पर्यटन व्यवसाय प्रति आक्रषर्ण गरी बैदेशीक पलायनलाई रोक्ने र स्थानीय उत्पादन र समृद्धिमा जोड दिन आफुहरुको प्रयोस हुने उनले जनाए ।

पश्चिमाञ्चल क्षेत्रिय प्रशासक खगराज बराललाई पुम्दीक्षेत्रकै भएको भन्दै समिति सहित स्थानीयहरुले फुलमाला सहित अविर लगायर सम्मान गरेकाछन । पत्रकार सम्मेलनको अवसरमा पुम्दीकोट पुगेका पाहुनालाई स्थानीयले फुलमाला सहित अविर लगायर स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै पश्चिमाञ्चल क्षेत्रिय प्रशासक बरालले आफ्नो जन्मथलो भएको नाताले यस क्षेत्रको विकासको लागि आवश्यक सहयोग गर्ने आफुलाई अवसर मिलेको बताउदै आफु विकासे कार्यालयमा नभए पनि सम्बन्धित निकायहरुसंग सहकार्य गरी सहयोग जुटाउने कार्यमा लाग्ने वचन दिए । प्राकृतिकले दिएको सौन्दयताले मात्र नेपालको पर्यटन प्रवद्र्धनमा नभई मानव निर्मित विभिन्न बस्तुहरुले पनि पर्यटन प्रवद्र्धन हुने भएको बरालले जनाए । उनले भने “अब यस क्षेत्रको समग्र पर्यटनको विकासको लागि पोखरा शान्ति स्तुपा आउने पर्यटकहरुलाई पुम्दीकोटसम्म पुराउनको लागि सरोकारवालाहरुलाई निर्देशन दिदैछु ।” स्थानीय खेमराज पौडेल, जिवन बराल, मित्रलाल बराल लगायतले पुम्दीकोटमा महादेवको मुर्ति स्थापना हुन सके समग्र पोखरा २५ सहित पोखराको पर्यटन प्रवद्र्धन हुने दाबी गरे।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button