रामबजार महोत्सवमा दर्शक बढ्दै

  • पोखरा न्यूज
  • २०७३ कार्तिक ९
Post Thumbnail

पोखरा –

आऔ, खाऔ अनि रामबजार मै रमाऔ भन्ने मूल नाराका साथ पोखराको रामबजारमा जारी महोत्सवमा दर्शकको घुईचो बढ्दै गएको छ।

रामबजारमा युथ क्लबले गरेको महोत्सव कात्तिक १३ गतेसम्म चल्ने छ। महोत्सवमा सवै उमेर समूहका दर्शकहरुको घुईचो बढ्दै गइरहेको छ। दर्शक बढ्दै जादाँ खुशी छौ आयोजक क्लबका अध्यक्ष कुमार थिङग तामाङले भने – ‘सवैलाई महोत्सवमा आउन आग्रह गर्दछौ।’

महोत्सवमा सांस्कृतिक कार्यक्रम, बाल उद्यान मुख्य आकर्षण बनेको छ। महोत्सवमा तिहारका लागि आवश्यक लत्ताकपडा र सामाग्री किन्नेको समेत घुईचो लाग्ने गरेको छ। रामबजारको पहिचान र विकासको मुख्य उदेश्यले महोत्सव गरिएको हो।महोत्सवले कला संस्कृतिको प्रवद्र्वनगर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्वनमा समेत टेवा पुरयाउने अपेक्षा गरिएको छ।

महोत्सवको आकर्षणमा लोक नृत्य, राष्ट्रिय एवं स्थानीय कलाकारहरुको प्रस्तुती, जातीय झाँकी, खानेकुरा तथा खेलकुदका स्टल, बाल उद्यान रहेका छन्। महोत्सव झण्डै ९० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस