साँग्रिला बैंकको मुनाफा करिव ४० प्रतिशतले बृद्धि

पोखरा –

साँग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आ.ब.२०७३÷७४को प्रथम त्रैमासिक अवधिमा रु. १० अर्व ९४ करोड निक्षेप संकलन, ९अर्ब ८० करोड कर्जा प्रवाह गरि रु. ६ करोड ९७ लाख संचालन मुनाफा आर्जन गरेको छ ।

बैकका नायब प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीका अनुसार जुन गत आर्थिक बर्षको सोही अवधिको तुलनामा निक्षेपमा रु.२ अर्ब ४२ करोड अर्थात २८.४१५, कर्जामा रु. ३ अर्ब १९ करोड अर्थात ४८.४०५ तथा मुनाफामा रु. १ करोड २४लाख अर्थात ३८.८६५ ले वृद्धि हो । यस त्रैमासमा मात्र यस विकास बैंकले करिव ६५ करोड कर्जा लगानी खुद बृद्धि गरेको छ ।

चुक्ता पूँजी रु. १ अर्व ७ करोड ३४ लाख ५६ हजार रहेको यस विकास बैंकले आफ्नो कुल ३१ वटा शाखा कार्यालय, १२ वटा ए.टी.एम.तथा मोवाईल बैकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरुलाई अत्याधुनिक बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

६ वटा शाखाहरुमा लघुबित्त इकाई मार्फत बिपन्न समुदायका ब्यक्तिहरुलाई सामुहिक जमानीको आधारमा बिना धितो बित्तीय सेवा समेत प्रदान गर्दै आईरहेको नायब प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button