शसस्त्र प्रहरी दिवस पोखरामा पनि मनाईदै

पोखरा –
शसस्त्र प्रहरी दिवस पोखरामा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाईदै छ । पश्चिम क्षेत्रिय शसस्त्र प्रहरी वल मुख्यालय मुत्तिनाथ बाहिनि पोखराले १७ औं शसस्त्र प्रहरी दिवसको अवसरमा आज बुधबार पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रमबाट २७ युनिट रंक्त संकलन भएको छ ।

prahari-diwasउक्त वाहिनिको परिसरमा आयोजना भएको कार्यक्रममा वाहिनिका शसस्त्र प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) कृष्णभक्त ब्रम्हचार्र्यले पहिलो रंक्तदाता शसस्त्र प्रहरी हवल्दार धन बहादुर थापालाई व्लड व्याग हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै उनले सशस्त्र प्रहरीले आफ्नो दिवसमा सामाजिक उत्तरदाहित्व अन्र्तगत तीन दिवसीय कार्यक्रम गरी मनाउने क्रममा बुधबार रक्तदान कार्यक्रम आयोजना गरीएको बताए । रक्तदान कार्यक्रममा वाहिनि, शसस्त्र प्रहरी वल कालिकागण मालेपाटन पोखरा, पर्वतको चण्डीका गण, तनहुँको मनकामना गण भानु लगायतबाट सहभागिता रहेको थियो ।

prahariशसस्त्र प्रहरी दिवसको अवसरमा मंगलबार डलव व्याडमिन्टन प्रतियोगिता, ८ किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएको छ । विहिबार भने बार्षिकोत्सव कार्यक्रम तथा क्षेत्रिय वैण्ड पोखरा प्रस्तुतः हुने भएको शसस्त्र प्रहरी उपरिक्षक रविन्द्र मल्लले बताए । व्याडमिन्टनमा शसस्त्र प्रहरी उपरिक्षक मान बहादुर रजाली मगर र शसस्त्र प्रहरी उपरिक्षक रविन्द्र मल्लको जोडिले शसस्त्र प्रहरी महानिरिक्षक नरेन्द्र कुमार सिंह र शसस्त्र प्रहरी बरिष्ठ उपरिक्षक कृष्णभक्त ब्रम्हचार्यको जोडीलाई २१–१९, २१–१८ र २५–२३ को सेटमा पराजित गरीउपाधि जितेका थिए । ८ किलोमिटर दौडमा भने शसस्त्र प्रहरी जवान राम बहादुर राना प्रथम, शसस्त्र प्रहरी जवान थमन बहादुर थापा दोश्रो र शसस्त्र प्रहरी जवान सुरेश ढुंगााना तेश्रो भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button