
पोखरा-
दश नम्बर वडालाई फोहोरमुक्त वनाउने योजना अनुरुप बुधवार पोखरामा सरसफाई कार्यक्रम सुभारम्भ भएको छ । रंगशालागेट देखी सुरु भएको कार्यक्रम अमरसिँहचोकमा पुगेर समापन भएको हो ।
नेकपा माओवादी केन्द्र कास्की वडा कमिटि पोखरा १० को योजना अनुरुप भएको कार्यक्रमको सुभारम्भ केन्द्रका पोलिट्व्युुरो सदस्य तथा कास्की संयोजक राजकाजी गुरुङले गरेका हुन् । अव एउटा वडालाई मात्र नभई सम्पुर्ण पोखरा नगरलाई नै सफा सुघ्घर र ग्रिनसिटी वनाउने अभियानको नेतृत्व माओवादी केन्द्रले गर्ने भनाई नेता गुरुङको रहेको छ । सरसफाई लगायतका जनताको स्वास्थयसँग जोडिएका सकारात्मक कार्यक्रमहरुमा माओवादीको जहिले पनि सक्रिय साथ र सहभागिता रहने भन्दै नेता गुरुङले वडामा सुरु गर्न लागेको सौर्य वत्ति जडान अभियानमा पनि पार्टीको तर्फवाट सक्दो पहल गर्ने वताए ।
टोलविकास संस्था वडा समन्वय समितिका अध्यक्ष सम्मरवहादुर श्रेष्ठले टोललाई सफासुग्घर वनाउने राम्रो कार्यक्रम माओवादी केन्द्रले सुरुवात गरेकोमा खुशी व्यक्त गर्दै अन्य राजनीतिक पार्टीहरुले पनि माओवादीको सिको गर्न सुझाव दिए । माओवादी केन्द्र वडा कमिटिका अध्यक्ष रामवहादुर थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक हिमालय वख्रेल तथा संचालन सचिव सूर्य वानियाले गरे ।
कार्यक्रममा पार्टीका जिल्ला नेताहरु, स्थानीय नेता कार्यक्रर्ता, टोलविकास संस्था, सुरक्षाकर्मी, आमासमुह तथा स्थानीयहरुको सहभागिता रह्यो । कार्यक्रममा पोखरा उपमहानगरपालिका कार्यालयले फोहोर वोक्न २ वटा गाडी र पञ्जा उपलव्ध गराएको थियो । विहीवार वडा कमिटिको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम राखिएको कार्यक्रम संयोजक हिमालय वख्रेलले जानकारी दिए ।





