भारतीय राष्ट्रपतिको पोखरा भ्रमणको तयारीबारे जानकारी

पोखरा –

भारतीय राष्ट्रपति प्रणव मुखर्जीबाट यही कात्तिक १७ देखि १९ गतेसम्म हुने नेपालको राजकीय भ्रमणको सिलसिलामा कात्तिक १९ गते पोखरा आउने भएपछि यहाँ भएको स्थानीय तयारी सम्बन्धमा उच्चस्तरीय टोलीले आज जानकारी लिएको छ ।

तयारीबारे जानकारी लिन उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि, सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे, मुख्यसचिव, गृहसचिव, उच्च सुरक्षा अधिकारीलगायतको उच्चस्तरीय टोलीले आज जानकारी लिएको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक घनश्याम अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रपति मुखर्जीको पोखरा भ्रमणलाई भव्य रुपमा सफल बनाउन पोखरामा भइरहेका कामबारे पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक खगराज बरालले जानकारी गराउनुभएको थियो ।

bimalnendra-nidhi

उक्त क्रममा पश्चिमाञ्चल विकास क्षेत्रस्थित सुरक्षा निकायका प्रमुख, कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीलगायतको उपस्थिति रहेको थियो ।

टोलीले आजै राष्ट्रपति मुखर्जीले आराम गर्ने भनिएको पोखराको विरौटास्थित ग्रान्ड होटल, औपचारिक कार्यक्रम हुने भारतीय पेन्सन क्याम्पलगायतका स्थलको स्थलगत अवलोकन समेत गरेको छ ।

भ्रमणलाई सफल बनाउन मूल व्यवस्थापन समितिअन्तर्गत गठित स्वागतद्वार निर्माण तथा सरसफाइ, स्वागत व्यवस्थापन, निर्माण र पूर्वाधार तथा प्रचारप्रसार समितिले पोखरामा आफ्नो तयारीलाई अघि बढाइसकेका छन् ।

राष्ट्रपति मुखर्जी कात्तिक १९ गते १२ः४५ बजे पोखरा विमानस्थलमा आइपुग्ने हुने र रामबजारस्थित भारतीय पेन्सनक्याम्पमा भारतीय भूतपूर्व सैनिकको भेलालाई सम्बोधन गरी काठमाडौँ फर्कनुहुने कार्यक्रम छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button