पोखरामा चहल पहल ह्वात्तै बढ्यो

पोखरा –

भाईटिका मसला र फुल किन्नेको भिड

पोखरामा चहल पहल ह्वात्तै बढेको छ । आज (आतबार) यम पञ्चकको तेस्रो दिन, लक्ष्मी पुजाको दिनमा भाईटिका मसला, फुल, सहित लक्त कपडा किन्नेहरुको विहानै देखि पोखराको मुख्य चोकहरुमा भिड लागेको हो ।

फुलै पुलको पर्वको रुपमा रहेको तिहार पर्वको अवसरमा भाईटिका पर्वमा आवश्यक पर्ने भाईटिका मसला सहित फुल र लक्ता कपडाहरु किन्नेहरुको बजारमा भिडभाड भएसंगै पोखराका व्यस्त बजारमा ट्राफिक व्याबस्थापनमा समेत समस्या आई परेको छ । सडक पेटिमै भाइटिका मसला, फुल तथा अन्य तिहार पर्वलाई लक्षित गरी सामाग्रिहरु विक्रि गरेकोले बजारमा भिडभाड भएको व्यवसायीहरु बताएछन ।

flowers

flower-in-pokhara

पोखरा क्षेत्रमा तिहार पर्वमा मात्र २ करोड मुल्य बराबरको फुलको कारोवार हुने गरेको फ्लोरीकल्चर एशोसियसन कास्कीका अध्यक्ष एवं गोल्डेन नर्सरीका संचालक दवा कुमार दुवाले बताए । उनका अनु्सार यस बर्ष करीब सजिसजावटको लागि भनेर भारतबाट पोखरामा खपत हुने करीब २० प्रतिशत फुल भित्रिदैछ । स्थानीय सयपत्रि फुलको माला एक सय देखि एक सय ५० मा विक्रि भएको छ भने भने भारतीय सयपत्रि फुलको माला ७० देखि एक सय रुपैया सम्ममा विक्रि भएको छ । त्यस बर्ष भारतीय फुलको मालामा अघिल्ला बर्षको तुलनामा केहि मङगो हुन गएको दुवाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button