पोखरामा १० औं भाइटिका महोत्सवको तयारी पुरा

पोखरा –

बेलायत, अमेरीका, एसियन सहित युरोपियन मुलका पर्यटक सहभागि हुने

पर्यटकीय नगरी पोखरामा भोलि भाईटिका पर्वको अवसरमा पर्यटकहरुलाई लक्षित गरी आयोजना हुने १० औं संस्करणको भाईटिका महोत्सव २०७३ को तयारी पुरा भएको छ ।

पर्यटन प्रवद्र्धन गरी नेपाली कला संस्कृतिको संरक्षण गर्ने उद्धेश्यले पश्चिमाञ्चल होटल संघ पोखराले आयोजना गर्न लागेको उक्त महोत्सवको सम्पुर्ण तयारी पुरा भएको संघका अध्यक्ष भरतराज पराजुलीले बताए । उक्त महोत्सवमा वेलायत, अमेरीकन, एसियन सहित युरोपियन करीब ६० जना पर्यटकहरुको सहभागिता रहने भएको पराजुलीले बताए ।

भाईटिका महोत्सवमा सहभागि भएका विदेशी पर्यटकहरुलाई लेकसाईडको लालुपातेमार्गमा रहेको वटरफ्लाई फाउण्डेसनको परिसरमा भाईटिकाको दिन दिउँसो ३ बजे पछि नेपाली परम्परा अनुसार नेपाली चेलीहरुले पर्यटकहरुलाई दाजुभाईको सम्बन्ध प्रगाढ रहोस भन्दै यो पर्व मनाउने भएको संघका अध्यक्ष पराजुलीले बताए । उनले भने “ गत बर्ष भूकम्प र नाकावन्दीको असरले गर्दा पर्यटकहरुको सङख्या घटे पनि यस बर्ष भने उत्साहजनक बढ्दै गएकोले यस बर्ष हामीले धेरै भन्दा धेरै पर्यटकहरुलाई भाईटिका महोत्सवमा सहभागि गराउदैछौं । ”

उक्त महोत्सवमा नेपाली परम्परा अनुसार तिहार पर्वको विधि अनुसार टिका ग्रहण गरीने भएको छ । रेन्वो चिल्ड्रेन पाउण्डेसनका वालीकाहरुले दाईको रुपमा पर्यटकहरुलाई टिका लगाउने भएका छन । अन्तर्राष्ट्रिय भाईचार स्थापना गर्न पनि उक्त महोत्सवले सहयोग पुराएको भएको उनले जनाए । नेपाल पर्यटन वोर्डको प्रवद्र्धनमा भएको महोत्सवमा रेन्वो चिल्ड्रेन पाउण्डेसनका वालीका तथा वालकहरुले भैली देउसी कार्यक्रम समेत गर्ने भएका छन । महोत्सवमा तिहारका खानाको समेत व्याबस्था गरीने भएको छ । हाल पोखरा क्षेत्रको होटलहरुमा पर्यटकहरुको करीब ५० प्रतिशत जसो अकुपेन्सी रहेको पराजुलीले बताए । पछिल्लो क्रममा तिहार पर्वको अवसरमा आन्तरीक पर्यटकहरुको सङख्यामा बृद्धि भएको व्यवसायीहरु बताउछन ।

फोटो: समचारपाटी बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button