पोखरा –
नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको यही कात्तिक २७ देखि २९ गते सम्म पोखरामा चौथो राष्ट्रिय महाधिवेस हुने भएको छ । ११ बर्ष पछि हुन लागेको उक्त महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको विहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
पार्टीले दिएको मितिमा तरुण दलले अनुमोदन गरी तयारी अन्तिम चरणमा पुगेकोले गर्दा अब कुनै पनि हालतमा तोकिएकै मितिमा निर्वाचन हुने नेपाल तरुण दलका अध्यक्ष उदयशम्सेर राणाले प्रष्ट पारे। उनले भने “६८ जिल्लामा हालसम्म अधिवेसन भईसकेको छ, बाँकी ७ जिल्लामा भने निर्वाचन हुन सकेको छैन, यही कार्तिक २४ गतेसम्म निर्वाचन भएको खण्डमा हामीले उनीहरुलाई महाधिवेसनमा सहभागी गाउछौं । ” महाधिवेसनमा करीब एक हजार ३ सय जना प्रतिनिधिहरु सहभागी हुने भएको अध्यक्ष राणाले बताए । केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेका अनुसार जिल्लाबाट अध्यक्ष सहित ८ जना, क्षेत्रबाट अध्यक्ष सहित २ जना, नगरबाट एक जना, उपमहानगरपालीकाबाट २ जना, महानगरपालीकाबाट ३ जना, विदेश विभागबाट ३ जना, केन्द्रीय समितिबाट ४५ जना र अध्यक्षबाट मनोनित २० जना महाधिवेसनमा सहभागि हुने भएका हुन । उनीहरुलाई पोखरामा खाना वस्नको लागि राम्रो व्याबस्थापन हुने उनले जनाए ।
कार्तिक २७ गते पोखराको चिप्लेढुंगामा हुने अधिवेसनको उद्घाटन गर्न नेपाली काग्रेंसका सभापति शेरबहादुर देउवा आउने कार्यक्रम तय गरीएको आयोजकले जनाएको छ । कार्तिक २८ गते वन्द सत्र पोखरा सभागृहमा र कार्तिक २९ गते निर्वाचन हुने भएको छ । नुवाकोट, सप्तरी, सर्लाही, धनुसा, उदयपुर, सुर्खेत र धार्दिङमा तरुण दलको अधिवेसन हुन सकेको छैन । एकै जिल्लामा दुई वटा कार्यसमिति गठन भएकोले पनि केहि जिल्लामा समस्या भएको अध्यक्ष राणाले बताए । १८ बर्ष देखि ४५ बर्ष भित्रका व्यक्तिहरुलाई तरुण दलमा सहभागि हुन पाउने प्राव्धान राखेको छ भने एक कार्यकाल विताएका व्यत्तिहरु पुनः उठ्न नपाउने व्याबसथा गरीएको बताइृन्छ । ६१ जनाको कार्यसमिति रहेको तरुण दलमा यसपाली देखि७५ जनाको वनाउने तयारी भएको राणाले बताए । पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेसनको तयारीको बारेमा के कस्तो भईरहेको छ भनी पोखरा बुझ्न पठाएकोले एक टोली पोखरा आएको अध्यक्ष राणाले बताए ।
पोखरामा हुने उक्त अधिवेसनलाई सम्पन्न गर्नको लागि यहाँ २२ वटा उपसमितिहरु गठन भएको छ । पोखरामा हुने उक्त अधिवेसनलाई सम्पन्न गर्न नेपाली कांग्रेस कास्कीले समेत सहयोग गरेको सभापति कृष्ण केसीले बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution