मुखर्जिको पोखरामा बिरोध : कालो झण्डा सहित आकासमा वेलुन प्रदर्शन

पोखरा –

विप्लव  माओबादीका ४ जना नेता पक्राउ

भारतिय राष्ट्रपति प्रणव मुखर्जिको पोखरा आगमनको बिरोधमा विप्लव नेतृत्वको नेकपा माओबादीले पोखरामा बिरोध जनाएको छ ।

पोखराको दोविल्ला क्षेत्रबाट बेलुन सहितको ३० वटा कालो झण्डा आकासमा उडाएको माओबादी श्रोतले जनाएको छ । बेलुन उडाएको स्थलको खोजि गर्ने क्रममा प्रहरीले ४ जना माओबादी कार्यकर्ताहरुलाई नियन्त्रणमा लिएको छ । माओबादीले रंगी विरंगी वेलुनमा कालो झण्डा बाधेर आकासमा उडाएका हुन ।

protest-balloon

पक्राउ पर्नेमा नेकपा माओबादीद्वारा गठित कास्की जिल्ला जनसरकार प्रमुख नन्दलाल तिवारी (जगन) माओबादी गण्डक ब्युरो सदस्य भिम चापागाईं तथा टिकाराम घिमिरे र बमबहादुर हितां मगर रहेका छन् । मुखर्जी पोखरा बिमानस्थलमा आउने समयमा पोखराको हनुमानटोलबाट कालो झण्डा सहितको बेलुन उडाएपछि उनीहरु पक्राउ परेका हुन ।

पोखरामा सुरक्षा ब्यबस्था कडा पारीएको छ । पोखरामा रहेको भारतिय पेन्सन क्याम्पमा पुर्ब गार्खा सैनिकहरुलाई संबोधन गरेपछि उनि आजै काठमान्डौ पछि भारत फर्कने कार्यक्रम तय गरीएको छ । भ्रमणको समय पारेर कास्की प्रहरीले दिउसो एक बजेबाट ४ बजेसम्म एयरपोर्ट , बिरौटा तथा बरीपरीको क्षेत्रमा सवारी सधानमा रोक लगायको छ । विकल्पको सडक प्रयोग गर्न कास्की प्रहरीले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button