भारतीय राष्ट्रपति मुखर्जी पोखरामा

पोखरा –

नेपालको तिन दिने भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जी भारतीय भूपू सैनिकको कार्यक्रममा सहभागी हुन केहीबेर अघि यहाँ आइपुग्नुभएको छ ।

उहाँले भारतीय पेन्सन क्याम्पको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । राष्ट्रपति मुर्जीलाई सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे, क्षेत्रीय प्रशासक खगराज बराललगायत उच्च सरकारी अधिकारीले पोखरा विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

राष्ट्रपति मुखर्जी पोखरा पुग्दा यहाँका नागरिकले भव्य स्वागत गरेका थिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button