१८ औं पोखरा सडक महोत्सवको संयोजकमा गोपीबहादुर भट्टराई

पोखरा-
हरेक वर्ष अंग्रेजी नयाँ वर्षका अवसरमा रेष्टुरेण्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेवान) पोखरालेआयोजना गर्दै आएको पोखरा सडक महोत्सवको १८ औं संस्करणका लागि संयोजकमा गोपीबहादुर भट्टराईलाई चयन भएका  छन ।

रेवान पोखराका निवर्तमान अध्यक्ष समेत रहेका भट्टराईलाई  शुक्रबार बसेको बैठकले संयोजकमा चयन गरेको हो । प्याराडीसो स्पोर्ट बार तथा प्याराडाइज रेष्टुरेण्टका संचालक समेत रहेका भट्टराईले सबै साथीहरुको अनुरोध र भरोसाका कारण आफु अगाडी बढेको बताउदै बिगतका बर्षमा जस्तै  सम्पूर्ण पोखरेली तथा नेपालीहरुको साथ, सहयोग र समर्थनको अपेक्षा गरेको बताए । यो समग्र पोखरेली तथा नेपालीहरुको महोत्सब हो भन्दै भट्टराईले  यसलाई सफल पार्ने जिम्मेवारी सबैको काधमा रहेको बताए ।

समितिका उपाध्यक्षद्वय भिमसेन भुजेल र लक्ष्मण बराल महोत्सवको सह–संयोजकमा चयन भएका  छन । भुजेल क्विन फरेष्ट रेष्ट्रो एण्ड बार तथा   बराल वि ह्याप्पी रेष्टुरेण्टका  सञ्चालक हुन। बैठकले आल्मोण्ड क्याफेका सञ्चालक लोक गुरुङ्ग र द हार्वर रेष्टुरेष्ट एण्ड फाउण्टेन क्याफेका सञ्चालक राजेन्द्र ढकाललाई कार्यसमितिको सदस्यमा मनोनयन गरेको छ । मामा मिया रेष्टुरेण्टका प्रतिमा भुजेल र जाविष्टा क्याफेका बिकाश भट्टराईलाई आमन्त्रित सदस्यमा मनोनय गरिएको छ ।

रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुङ्गको अध्यक्षतामा भएको बैठक महासचिव विश्वराज पौडेलले सञ्चालन गरेका थिए । आउँदो पुष १३ देखि १७ गते सम्म लेकसाइडको झण्डै साढे तीन किलोमिटर क्षेत्रमा सञ्चालन हुने यसपटकको सडक महोत्सव अघिल्लो संस्करण भन्दा भव्य र सभ्य हुने रेवान पोखराका अध्यक्ष चौ बहादुर गुरुङ्गले बताए । ‘गतवर्ष भारतको अघोषित नाकाबन्दिका कारण महोत्सव सञ्चालन गर्न हामीलाई केहि कठिन भएको थियो, तर यसपटक केहि सहज पनि होला भन्ने हाम्रो अपेक्षा छ’–उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button