सुकुम्बासीलाई राजनीतिक दलहरुले गोटी बनाएको आरोप

पोखरा-

सुकुम्बासीलाई राजनीतिक दलहरूले गोटी बनाएको एक कार्यक्रमका बक्तले बताएका छन् । भूमि अधिकार मंचका कास्कीबाट शुक्रबार पोखरामा आयोजित छलफल कार्यक्रममा बक्ताले सो कुरा बताएका छन् ।

उनीहरुले राजनीतिक दलहरुले सुकुम्बासीको टाउकोमा टेकेर राजनिति गर्ने र अभीष्ट पुरा गरेपछि चटक्कै छाडीदिने गरेको आरोप लगाएका छन् । सुकुम्बासी रहरले नभई करले भएको बताउदै उनीहरुले सुकुम्बासी बस्तीमा बिजुली र पानी बतीको ब्यबस्था गारेदिनु को साथै लालपूर्जा समेत प्रदान गर्न राजनीतिक दलहरुले सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपली काँग्रेस का सचिब रामराज लामीछाने, राप्रपा नेपालका अध्यक्ष जयलाल पुन  एमालेका तेजनारायण अधिकारी, स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय महासचिव कमल पौडेल अथक लगायतले सुकुम्बासीको हित मा आफ्नो धारणा बक्त गरेका थिए । मंचका अध्यक्ष आशबहादुर गुरुङको अध्यक्षतामा सो कार्यक्रम भएको थियो।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button