प्याराग्लाईडीङ दुर्घटनामा पोखरा लेकसाइडका एक युवकको मृत्यु

पोखरा –

प्याराग्लाईडीङ सिक्दै गरेका एक युवाको स्याङजाको स्वरोक मैदान क्षेत्रमा दुर्घटनामा परी मृत्यु भएको छ ।

पोखरा उपमहानगरपालीका वडा नम्बर ६ लेकसाइड निवासी २५ बर्षीय शैलेष पहारीको प्याराग्लाईडीङ सिक्दै गर्दा दुर्घटनामा परी मृत्यु भएको स्याङजा प्रहरीले जनाएको छ । शुक्रबार दिउसो करीब २ः३० बजेको समयमा स्वरेक मैदानबाट एक्लै प्यराग्लाईडीङ गरेका पहारी अनियन्त्रित भई रुखमा ठोकिन पुग्दा दुर्घटनामा परेका उनको उद्धार गरी अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रहरी सहायक निरिक्षक मनोज पौडेलले पोखरान्युजडटकम लाई बताए । उनका अनुसार उक्त शव हाल पोष्टमाटमको लागि जिल्ला अस्पतालमा राखिएको छ ।

पोखराको व्लु स्काई प्याराग्लाईडीङ कम्पनीबाट १५ दिने कोर्ष सिक्दै गरेका पहारीको प्रशिक्षणको क्रममा प्याराग्लाईडीङ दुर्घटनामा परी प्रशिक्षार्थी पहारीको मृत्युको खवरले आफुहरु निकै दुखि भएको व्लु स्काई कम्पनीका संचालक नारायण पराजुलीले बताए । १५ दिने प्रशिक्षणको क्रममा १२ औं दिनमा स्वरोक मैदानबाट प्याराग्लाईडीङ गर्दा दुर्घटना भएको पराजुलीले पोखरान्युजडटकम लाई बताए । प्याराग्लाईडीङ प्रशिक्षण गराउदा विभिन्न ठाँउहरुबाट सोलो पाईलटको रुपमा एक्लै उडान गर्नु पर्दछ । हवाई खेलकुद संस्था नाका अध्यक्ष योगेश भट्टराइले प्याराग्लाईडीङ प्रशिक्षणको क्रममा मृत्युको खखरले आफुहरुलाई दुख लागेको बताए । उनले भने “ प्याराग्लाईडीङ प्रशिक्षण गराउदा कम्पनीहरुले प्रशिक्षार्थीहरुको सेफ्टीलाई पहिलो प्रथामिकता दिनु पर्दछ, आगामी दिनमा प्रशिक्षण गराउन कम्पनीहरुले ध्यान दिन होला ।”

paragliding photo-republica

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. why like this..?by paragliding lots of nepalise..tourist..pilots..trainner student also dead..this is very risk job..risk business..danger..so sad…RIP…..

  2. why like this..?by paragliding lots of nepalise..tourist..pilots..trainner student also dead..this is very risk job..risk business..danger..so sad…RIP…..

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button