बिना लाइसेन्स सवारी चलाउदा चालक र सवारीधनी दुबैलाई कारबाही

गणेश वराल – डी.एम.बी. 

पोखरा –

बिना लाइसेन्स सवारी चलाउनेको संख्यामा वृद्धि भए पछी  ट्राफिक प्रहरीले दोहोरो कारबाहीको प्राबधानलाइ  ब्यबहारमा उतार्न थालेको  छ ।

bike-and-police-trafficअनुमतिपत्र नभएका सवारी चालक तथा अनुमतिपत्र नभएका व्यक्तिलाई सवारी साधन प्रयोग गर्न दिने  सवारीधनी दुवैलाई कारबाही गर्ने सुरु गरिएको छ। नियमावलीमा दुवै थरीलाई कारवाही गर्ने प्राबधान रहेको भएतापनि  बिना अनुमतिपत्र  सवारी चलाउनेलाइ मात्र प्रहरीले कारबाही गर्दै आएको थियो ।

अनुमतिपत्र नभएकालाई पटक पटक कारवाही गर्दा पनि सुधार नाआएपछी दुर्घटना न्यूनीकरणका लागी सवारीधनीलाई पनि जरिवाना गर्न थालिएको वडा प्रहरी कार्यलाय बैदामका प्रहरी सहायक निरीक्षक शिब पाठकले बताए। यातायात व्यवस्था ऐन को दफा ४५ को १ मा  बिना अनुमतिपत्र सवारी चलाउने सवारी चालक र अनुमतिपत्र नभएकालाइ आफ्नो सवारीसाधन चलाउन दिने सवारीधनी दुबैलाई कारवाही गर्ने प्राबधान रहेको छ । सो प्राबधान अनुसार नियम उल्लंघन गर्ने चालक र सवारीधनी दुवैबाट रु एक-एक हजार जरिवाना लिने गरिएको पाठकले पोखरान्युजडटकम लाइ बताए ।

सवारीधनी स्वयंले अनुमतिपत्र बिना सवारीसाधन चलाएको खण्डमा एकहोरो कारवाही हुने अन्यथा दुवै पक्षलाइ कारवाही गर्ने प्राबधान रहेको भन्दै पाठकले सबै ठाउवाट यो नियम लागु गरिएमा बिना लाइसेन्स सवारी चलाउनेको संख्या र दुर्घटना दर दुबैमा कमी हुने दावी गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button