मुखर्जी पोखरा आउँदा कमान्डोले ल्याएको ब्रिफकेसमा मेसिनगन

पाेखरा-
भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सुरक्षार्थ भारतीय कमाण्डोहरु नेपालमा ब्रिफकेस गनसहित नेपाल आएका थिए । ब्रिफकेसभित्र फिट गरिएको यो मसिनगन बाहिर समाउन राखिएको ह्याण्डलभित्रको माथिल्लो भागमा रहेको स्विच थिचेर फायर गरिन्छ ।

masin-gun
फोटो – सुदर्शन रञ्जित को फेसबुक बाट

भीआइपीको सुरक्षार्थ सँगै रहने यी कमाण्डोहरु टाइ सुटमा ठाँटिएर ब्रिफकेस बोक्दा उनीहरु सहयोगीजस्तो मात्रै देखिन्छ । तर, उनीहरु सहयोगी नभएर हाइटेक कमाण्डो हुन् ।

ब्रिफकेस मसिनगनको तौल करिब साढे ४ पाउण्डको हुन्छ भने यसको लम्बाई १३ इञ्चदेखि बढी हुन्छ । ३० वटासम्म गोली लोड हुने म्यागेजिन भएको यो गनले प्रतिसेकेण्डको दरले फायरिङ् गर्ने क्षमता राख्छ । तस्बिर मुखर्जी पोखरा आउँदा फोटो पत्रकार सुदर्शन रञ्जितले आफ्नो क्यामेरामा कैद गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button