पोखरा उपत्यका वृहत सफाइ अभियान २३ औं हप्तामा

पोखरा-
पोखरा उपत्यका बृहत सफाइ अभियानको २३ औं हप्ता जनलहर सहित सफलताका साथ सम्पन्न भएको छ । नदीपुरस्थित नारायणस्थान मन्दिरपरिसरदेखि नदीपुरचोक, वुद्ध विहारहुँदै तेर्सापट्टीको गिरिजाचोकसम्म झण्डै ७ टन फोहोर मैला संकलन गरिएको सामाजिक अभियन्ता अर्जुन भण्डारीले जानकारी दिए ।

सफाइ अभियानक्रममा पुलसम्मका खाल्डाखुल्डी पुर्नुका साथै फोहोर मैलाको पहाड र दुर्गन्धित नालीसमेत सफा गरिएको सामाजिक अभियन्ता एवं टोल विकास संस्था वडा समन्वय समिति १ अध्यक्ष चन्द्रबहादुर गुरुङले बताए । सफाइ अभियानलाई वातावरणीय सुन्दर नेपाल प्रालिले ५ सय जोर डिस्पोजल ग्लोब र मास्क तथा ज्ञानमार्ग आमा समूहले पिउनेपानी व्यवस्था गरेका थिए ।

२४ औ साताको सफाइ अभियान गणेशमानसिंह चोक (नालाकोमुख) बाट सुरु गरिने टोल विकास संस्था वडा समन्वय समिति ३ का अध्यक्ष विष्णुशंकर ख्वाजुले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button