पोखरामा छठ पुजाको रौनक

पोखरा –
पोखरामा छठ पर्वको मुख्य दिन आज आइतबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ ।
पोखराको केदारेश्वर महादेवमणि मन्दिर, नारायणस्थान मन्दिर र रिट्टेघाँट त्रिवेणी धाम कालिखोला सेतिनदी किनारामा छठ पुजा मनाइदै छ ।

केदारेश्वर मन्दिरमा हिन्दुहरुको चाड छठ पर्वको तयारी भव्य गरिएको पूजा समितिले जनाएको छ । विगतदेखि नै भव्यरुपमा मनाउँदै आएको छठ पर्व यस पटक पनि केदारेश्र मन्दिर छठघाटमा कार्यक्रम तय गरिएको मुल आयोजक समितिका सचिव भूनेश कुमार ठाकुरले जानकारी दिए ।

छठी माताको पूजा र आराधानाले मनको इच्छा पुरा हुने, परिवारमा सुख शान्ति मिल्ने, व्यापार व्यवसायमा प्रगति हुने विश्वास रहि आएको छ । गहुँको पीठोको रोटी, लड्डु, फलफूल आदिका साथ पानीमा डुव्दै गरिने पूजामा विशेष महिलाहरुको सक्रिय सहभागिता हुने छठ पूजा समितिले जनाएको छ ।

महिलासंगै भाकल वोकेका पुरुषहरुपनि पूजामा सहभागि भई छठी माताको पूर्जा गर्दै आएका छन् । पोखरामा करिव ४ सयदेखि ५ सयको संख्यामा भक्तजनहरु सहभागि हुँदै आएका छन् ।

पोखरामा व्यवस्थीत रुपमा छठ पुजा गर्न थाले पछि पहाडी मुलका मानिसहरुले समेत छठ पुजा गर्न थनलेका छन । छठ पर्वको अवसरमा नेपाल सरकारले सार्वजनिक विदा दिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button