यस्तो छ कास्कीको स्थानिय संरचना

पोखरा-
कास्कीको स्थानिय संरचनाको संख्या र सिमाना टुङगो लागेको छ । जिल्ला प्राविधिक सहयोग समिति कास्कीले जिल्लाको अन्तिम खाका शनिवार राज्य पुनसंरचना आयोगमा पेश गरेको हो । समितिका अनुसार जिल्लालाई दुई मोडलमा विभाजन गरेर संरचना वनाइएको छ । जसमध्ये एउटा खाकामा पाँच तह निर्धारण गरिएको छ भने अर्कोमा ६ स्थानिय तह छन ।

structureप्रथामिकताका साथ तयार गरिएको खाकामा लेखनाथ र पोखरासहित आसपासका गाविस समेटेर महानगरपालिका परिकल्पना गरिएको छ । बाँकी पाँच तह गाउँपालिका छन । रुपा गाउँपालिका , मादी १, मादी २ माछापुच्छ्रे र अन्नपूर्ण गाउँपालिकालाई वडा सहित विभाजन गरेर आयोगमा पेश गरिएको छ । यद्यपी समितिले प्रस्ताव गरेको स्थानिय तहमा आयोगको मापदण्ड भने पुरा नभएको खबर आजको आर्दश समाज मा  छ।

आयोगले पहाडी जिल्लाका गाउँपालिकामा कम्तिमा २२ हजार जनसंख्या हुनुपर्ने उल्लेख गरेपनि हाल बनाईएका भध्ये अन्नपूर्ण गाउँपालिका २३ हजार बाहेकका यो मापदण्ड पुगेको छैन ।  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button