तराइ मुलका ७० प्रतिशतले पोखरामै मनाउन थाले छठ पर्व

पोखरा-

पछिल्लो समयमा पोखरा क्षेत्रमा रहेका करीब ७० प्रतिशत जसो तराई मुलका व्यक्तिहरुले पोखरामै छठ पर्व मनाउन थालेका छन ।

पोखरामा पछिल्ला बर्षमा व्यवस्थित र धुमधामसंग छठ पर्व मनाउने वातावरण भएको हुनाले पोखरा क्षेत्रमा रहेका तराइ मुलका करीब ७० प्रतिशत व्यक्तिहरुले पोखरामै छठ पव मनाउन थालेको सार्वजनीक छठ पुजा समितिका अध्यक्ष बलीराम ठाकुरले बताए । पछिल्ला बर्षमा पोखरामा धुमधामका साथ छठ पर्व नमाउन थाले पछि पहाडी मुलका व्यक्तिहरु समेत यस पर्व मनाउन थालेको ठाकुरले बताए ।

chhath-1

विगतका बर्ष देखि छठ पुजा पोखराका विभन्नि स्थानमा मनाउदै आएको भए पनि गत बर्ष देखि त्रिवेणी धाम (कालिखोला) मा पनि धुमधामका साथ यो पर्व मनाउदै गरेको रिट्टाघाँट त्रिवेणी धाम (कालिखोला) छठ पुजा समितिका अध्यक्ष एवं प्राध्यापक देवनारायण सुतीहारले बताए । पछिल्लो क्रममा पोखराका दुई ठाँउमा छठ पुजा गर्न ठाँउ अभाव भएकोले कालिखोलाको विकल्पमा मनाईन लागिएको समेत उनले बताए। पोखराका तीन ठाँउमा छठ पुजा मनाउने भएपछि तिन तिरै झिलीमिली वक्ति वालेर सुर्यको पुजा गर्न सुर्य माताको मुर्ति बनायर र्शीसोपतामा पुजा गरीएको छ ।

यस बर्षको छट पुजा पोखरामा मुख्य तीन ठाँउमा धुमधामका साथ मनाईदैछ । भगवान सुर्यका भक्तहरुले मनाईने यस पर्वको अवसरमा पोखराको केदारेश्वर महादेवमणि मन्दिर परिसर (फेवाताल किनारा), नारायणस्थान मन्दिरमा र रिट्टाघाँट त्रिवेणी धाम (कालिखोला) सेतिनदी किनारामा छट पुजा मनाईदैछ । छठ पर्वको मुख्य दिनको रुपमा मानिने षष्ठीको दिनमा आज (आईतबार) सुर्यका भक्तहरुले वेलुका अस्ताउदो सुर्यलाई अर्घ दिदै छठ पर्व मनाएका हुन । त्यसै गरी सुर्यका भक्तहरुले आज राति जाग्राम वसि भोलि (सोमबार) विहानै उदाउदो सुर्यलाई अर्घ दिए पनि उनीहरुले प्रसाद वितरण गर्दै यो बर्षको छठ पर्वलाई विदाई गर्ने छन ।

chath-pokhara

आईतबार वेलुका केदारेश्वर मन्दिर क्षेत्रमा पहिलो पटक छट पुजा गर्न फेवाताल किनारामा पुगेर प्रसाद सहित जल चढाउदै गरेकी पोखरा मालेपाटनकी सिता कोइरालाले छठ पर्वमा सुर्यको पुजा हुने भएकोले आफ्नो भित्री मनबाटै पुजा गर्न इच्छा लागेर पुजामा सहभागि भएको बताइन । उनले भनिन“ यो पर्व मलाई मन पर्यो, आगामी बर्षमा अन्य साथीहरुको साथमा मनाउछु । ” समितिका महासचिव भुनेस कुमार ठाकुरले पछिल्लो क्रममा पोखरामा व्यवस्थित रुपमा छठ पर्व मनाइदै आएको हुनाले तराई मुलका अधिकाशं सुर्यका भक्तहरु पोखरामै रमाउदै  पर्व मनाउन थालेको दाबी गरे । पोखरामा विगत १८ बष अघि देखि केदारेश्वर मन्दीरमा छठ पर्व मनाउन थालेसंगै पोखराका विभिन्न ठाँउमा हाल यो पर्व मनाउन लागिएको छठ सेवा समिति महादेव आश्रम नारायणस्थान मन्दीर नदीपुर पोखराका अध्यक्ष प्रितम सिंहले बताए । यस बर्ष मन्दीर परिसरमा पुजा गर्ने भक्तहरुको लागि वस्नको साथै सोमबार छठ पर्व समापन हुने भएकोले प्रसाद सहित चिया समेत वितरण गर्ने संरक्षक अन्ना बाबा आनन्द गिरीले बताए ।

छठको पुजा गर्न पुजा स्थालका घाटहरुमा केराको खाम समेत राखिएको छ। पोखरामा पछिल्ला बर्ष देखि मधेषि, तराई तथा केहि पहाडी मुलका मानिसहरुले समेत छठ पर्व मनाउन थालेका छन । उनीहरुले केराको खम्मा, उखु, अदुवा, भोगटे, सुन्तला लगायतका फलफुलका वोटहरु सजावट गरेका छन । सुर्यलाई भगवानको प्रतिको रुपमा पुजा गर्ने भक्तहरुले आफ्नो मनोकाक्षा पुरा हुने धार्मिक विश्वासका साथ उनीहरु पुजा आज गर्न जुट्ने गर्दछन । हरेक सुर्यका भक्तहरुले भाकल गरेर सुर्यसंग आफ्नो मनोकाक्षा पुरा गर्न पुजा गर्ने गरेका छन ।

chhath-lakeside-kedareshowor

मधेषि तथा तराई मुलका मानिसहरुको महान चार्ड छठ पर्वमा चोखो तथा मिठो खाने, नयाँ कपडा लगाउने गर्दछन । पोखरामा व्यवस्थित रुपमा छठ पर्व मनाउन थाले पछि पछिल्लो क्रममा करीब ७५ प्रतिशत छठीमायीका भक्तहरुले पोखरामै रमेर पुजा आज गर्न थालेको सुहारले दाबी गरे । सष्ठीमा अस्ताउदो सुर्यलाई अर्घ दिने गरीन्छ भने विभिन्न फलफुल, कन्दमुल, ठेकुवा, कसार लगायतका सामाग्रिको साथमा सुर्यका भक्तहरुले पुजा गर्ने गर्दछन । सष्ठीको दिनमा सरकारले सार्वजनीक विदा समेत दिने गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button