पोखरा १७ पिपलतरामा स्वास्थ्य केन्द्र भवन निर्माण गरिने

पोखरा-

विपन्न एवम् असहाय वर्गको स्वास्थ्यमा पहुँच पुराउने उद्देश्यले पोखरा उपमहानगरपालिका–१७ पिपलतरा मार्गमा रु ४९ लाख ८१ हजारको लागतमा नगर स्वास्थ्य केन्द्र भवन निर्माण गरिने भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयको रु ४४ लाख ८० हजार र रु पाँच लाख बराबरको स्थानीय जन सहभागिता तथा पोखरा उपमहानगरपालिकाको प्राविधिक सहयोगमा छ कोठे पक्की भवन निर्माण गर्न लागिएको हो ।

व्यवस्थापिका–संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले सो भवनको आज एक समारोहकाबीच शिलान्यास गर्नुभयो । उहाँले सामाजिक विकास निर्माणका कार्यमा सम्पूर्ण राजनीतिक दल, नागरिक समाज एकताबद्ध रुपमा अगाडि बढ्नुपर्ने बताउनुभयो । सांसद बिन्दा रानाले निर्माणाधीन स्वास्थ्य केन्द्रबाट सो क्षेत्रका सर्वसाधारणले सहजरुपमा स्वास्थ्य सेवा लिनसक्ने बताउनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button