पोखरा –
शान्ति स्तुपाः नजिकको क्षेत्रमा रहेको सार्वजनीक जग्गा अतिक्रमण हुदैछ । पोखरा २५ स्थित विश्व शान्ति स्तुपाः नजिकैको सार्वजनीक जग्गा अतिक्रमण गरी हाल तिन तले पक्की भवन निमार्ण हुदै छ ।
स्थानीय शिव बरालले सार्वजनिक जग्गा करीब ८ आना अतिक्रमण गरी स्थायी रुपमा पक्की भवन बनाउदै गरेको स्थानीयले गुनासो गरे । दृश्यावलोकनको दृष्टिले निकै लोभलाग्दो स्थानमा रहेको सावर्जनीक क्षेत्रमा व्यक्तिले पक्की घर बनाउनु राम्रो नभएको स्थानीय नवराज बरालले बताए । स्थानीयको बिरोधका बावजुत शिव बरालले करीब आठ आना सार्वजनीक जग्गामा पक्की तिन तले भवन निमार्ण गर्न लागेको उनले जनाए । नगरपालीकाले तत्काल उक्त भवनको निमार्ण कार्य रोक्नु पर्ने बताउदै उनले भने “ सार्वजनीक जग्गा यो राज्यको सम्पति हो यसमा कसैले आँखा लगाउछ भने हामी आम जनता पनि चुप लागेर वस्दैनौं ।” शान्ति स्तुपा नजिक क्षेत्र सहित कोदी लगायतका अन्य प्रति तथा सार्वजनीक जग्गाहरुमा अतिक्रमण गरी घर तथा भवनहरु वन्दै गरेको उनले गुनासो गरे ।
जग्गा अतिक्रमण गरी बनाइदै गरेको घर
कालीमाटी शान्ति स्तुप टोल विकास समितिका अध्यक्ष राजु क्षेत्रिले आफुहरुले समयमै स्थानीय शिव बराललाई सार्वजनीक जग्गामा पक्की भवन नवनाउन आग्रह गर्दा गर्दै हटेर गरी हाल दुई तला सम्मको भवन निमार्ण कार्य गरी तिन तलाको काम सुरु गरेको जनाए । केहि सयमको लागि स्थानीयले अस्थायी रुपमा वसोवास गर्न दिएको सो क्षेत्रमा पक्की भवन वनाउन थाले पछि स्थानीयको विरोध भए पनि पोखरा उपमहानगरपालीका कार्यालयले हालसम्म मौन छ । पोखरा उपमहानगरपालीका वडा नम्बर २५ का वडा सचिव रामप्रसाद पौडेलका अनुसार सर्वजनीक क्षेत्रमा शिव बरालले पक्की भवन बनाएको सुचना आएकोले त्यसको कारवाहीको लागि पोखरा उपमहानगरपालीकामा सिफारीस पठाउने जनाए । शिव बरालले आफुले केहि समय देखि भोगचलन गर्दै आएको हुनाले हाल पक्की भवन बनाएको बताए । उनले भने “ पहिला म वस्दै आएको घर भत्कायर हाल पक्की भवन बनाउन लागेको हुँ, केहिले बिरोध जनाए पनि मेरो बासको लागि मैले घर वनाएको हुँ । ”
तष्विर डि.एन.बी.
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution