पोखरा ट्रेड मलको दशैंतिहार मेला जारी, साप्ताहिक उपहार हिरामायालाई

पोखरा-
पोखरा ट्रेड मल चिप्लेढुङगाद्वारा सञ्चालित दशैंतिहार मेला बम्पर उपहार कार्यक्रम जारी छ । आइतबार साप्ताहिक उपहार बिजेता छनोट भएको छ । यस साताको साप्ताहिक भाग्यमानी ग्राहकमा कुपन नं. ०२९६३२ का हिरा मायाँ गुरुङ छनोट भएकी छन् । कात्तिक १४ देखि २० गतेसम्म मलमा सामान किनेका ग्राहक मध्येबाट लक्की ड्रका आधारमा उनी साप्ताहिक भाग्यमानी ग्राहक छनोट भएकी हुन् । उनले सिजीको ३२ इन्चको एलइडी टिभी उपहार प्राप्त गर्नेछिन् ।

आइतबार नै दैनिक उपहार बिजेता छनोट गरिएको छ । दैनिक उपहार अन्तर्गत ५ सय रुपैयाँको नगद भौचर कुपन नं. ०८९८७८ का ग्राहकले जितेका छन् । २ सय रुपैयाँको नगद भौचर विजेता कुपन नम्बरहरुमा ०५२४६०, ०१९७५१ र ०८९८५० छन् । मुभी टिकट ०९२७४६, ०३७१६३ र ०२१७१२ नम्बर कुपनले तथा गिफ्ट ह्याम्पर ०५४७४८, ०८९९५९ र ०५२०४० नम्बर कुपनले जितेको कार्यक्रम संयोजक बासुदेव पराजुलीले जानकारी दिए । यसैबीच, अघिल्लो साताका उपहार बिजेता पोखरा–१३ की हेमा गुरुङलाई २ सय लिटरको सिजीको फ्रिज उपहार प्रदान गरिएको छ ।

सञ्चालक दीपककुमार मुल्मीले उनलाई फ्रिज उपहार प्रदान गरे । सामान खरिद गरेर लक्की ड्रका आधारमा भाग्यमानी छनोट भइ फ्रिज उपहार पाउँदा निकै भाग्यमानी महसुस भएको उनले बताइन् । ट्रेड मल भित्रका विभिन्न पसलबाट ग्राहकले सामान खरिद गर्दा प्राप्त गरेका उपहार कुपनका अर्धकट्टीहरु संकलन गरी लक्की ड्रमार्फत दैनिक र सातासम्मका कुपनमध्येबाट साप्ताहिक उपहार छनोट गरिन्छ । दैनिक उपहार अन्तर्गत हरेक दिन सामान गरिद गर्ने ग्राहकहरु मध्येबाट १० जनाले विभिन्न उपहार प्राप्त गरिरहेको मलका सञ्चालक सन्तोष घिमिरेले जानकारी दिए ।

बम्पर उपहार योजना अन्तर्गत भाग्यमानी ग्राहकले १ थान यामाहा बाइक र १ थान यामाहा स्कुटर उपहार प्राप्त गर्नेछन् । हिराको हार १ थान र मलेसियाको हवाई टिकट १ थान पनि बम्पर उपहारमा समावेश गरिएको छ । साप्ताहिक उपहार अन्तर्गत सिजीको ३२ इन्चको एल।इ।डि। टिभी ५ थान र २ सय लिटरको फ्रिज ५ थान भाग्यमानी ग्राहकलाई प्रदान गरिनेछ ।

पोखरा ट्रेड मलभित्र न्युनतम १ हजार रुपैयाँ बराबरको सामान खरिदमा १ थान कुपन र २ हजार ५ सय वा सोभन्दा बढी रुपैयाँ बराबरको सामान खरिदमा ३ थान कुपन प्राप्त गर्न सकिने प्रवन्ध निर्देशक मीनराज काफ्लेले बताए । मलभित्र आउने ग्राहकको हितलाई ख्याल गर्दै चाडपर्वको अवसरमा उपहार योजना ल्याइएको कम्पनी सचिव माधब तिमिल्सिनाले जानकारी दिए । उपहार योजना असोज १५ देखि मंसिर २४ गतेसम्म लागु हुनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button