विदेशवाट फर्किएर ३० लाखको लगानीमा म्याग्दीमा कृषि फार्म

पोखरा –

म्याग्दीको बेनी नगरपालिका–१२ चिप्लेटीमा युवाहरुले रु ३० लाखको लगानीमा कृषि फार्म स्थापना गरेका छन् ।

चिप्लेटीका सञ्जय कुँवर, पुलाचौरका रेशमबहादुर बानियाँ र कृष्णबहादुर बानियाँले भुलभुले बहुउद्देश्यीय कृषि फार्म स्थापना गरी व्यावसायिक कृषि पेसा अङ्गाल्नुभएको हो । माछापालन, अलैँची र कागती खेती गरिने फार्म स्थापना गर्न रु ३० लाख लगानी भएको सञ्जय कुँवरले बताउनुभयो । उहाँहरु तीनैजना विदेशमा लामो समय रोजगारीका लागि समय बिताएरपछि घर फर्कनुभएको थियो ।

स्थानीय स्तरमा स्वरोजगार भई आयआर्जन गर्ने उद्देश्यले कृषि फार्म स्थापना गरेको उहाँहरुले बताउनु भएको छ । उहाँहरुले फार्म सञ्चालन गर्न दश रोपनी जग्गा खरिद पनि गर्नु भएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button