प्राधिकरणका उपनिर्देशकको नेतृत्वमा छानविन समिति गठन
पोखरा –
प्याराग्लाईडीङ सिक्ने क्रममा स्याङजाको स्वरेकमा केहि दिन अघि पोखराका २५ बर्षीय सैलेस पहारीको मृत्यु भएको घटनालाई लियर पोखराका सम्पुर्ण प्याराग्लाईडीङ कम्पनीहरुले उनको शोकमा आज मंगलबार प्याराग्लाईडीङ कम्पनी वन्द भएका छन ।
हवाई खेलकुद संस्था नाको आव्हानमा पहारीको शोकमा मंगलबार पोखराका प्याराग्लाईडीङ कम्पनीहरु वन्द हुनुका साथै कुनै पनि प्याराग्लाईडीङ समेत नभएको नाका उपाध्यक्ष सोवित वानियाले पोखरान्युजडटकम लाइ बताए । मृत्यु भएका पहारीको आज पोखराको रामघाटमा अन्तिम दाहसंस्कार समेत गरीएको छ । उनका बाबु पितम्वर पहारीले दागवत्ति दिएका हुन ।
उनले भने “प्याराग्लाईडीङ सिक्दै गर्दा मृत्यु भएका पहारीको श्रद्धान्जली सभा पनि भएको छ, यो दुखःको दिनमा हाम्रा पाईलटहरुलाई सोक मनाउनको लागि भन्दै हामीले एक दिनको लागि कम्पनी वन्द गर्न आव्हान गरेका हौं ।” नाले मृत आत्मको चिर शान्तिको कामना गर्दै श्रद्धान्जली समेत व्यक्त गरेको छ ।
पोखरामा हाल २ सय जनाको हाराहारीमा प्याराग्लाईडीङ हुने गरेको नाका उपाध्यक्ष वानियाले बताए । पोखरामा हाल प्याराग्लाइडीङ गर्ने ६३ वटा कम्पनीहरुले अनुमति प्राप्त गरे पनि हाल ५५ वटा कम्पनीले सेवा दिदै आएको वानियाले जनाए । पोखरामा हाल एक सय ७० जना नेपाली प्याराग्लाईडीङका व्यावसायीक टेण्डम पाईलटहरु रहेका छन भने करीब २५ जना विदेशी पाईलटहरु रहेका छन । पोखरामा प्याराग्लाइडीङको लागि हाल सराङकोट र तोरी पानीबाट मात्र मान्यता दिईएको छ ।
यसै बिच प्याराग्लाईडीङको प्रशिक्षणको क्रममा मृत्यु भएका सैलेस पहारीको दुर्घटनाको बारेमा सत्य तथ्य घटना पक्ता लगाउन नागरीक उडड्यन प्राधिकरणका उपनिर्देशक सुवास झाको नेतृत्वमा तीन सदस्य छानविन समिति गठन भएको नागरीक उडड्यन कार्यालय पोखराका निर्देशक भोला प्रसाद गुरागाईले पोखरान्युजडटकम लाइ बताए । त्यसै गरी समितिमा प्राधिकरणका प्रवन्धक देवेन्द्र पाण्डे र प्रवन्धक अनुपराज जोशी रहेका छन ।





