स्कुललाई कारवाहीको माग गर्दै ज्ञापन पत्र

पोखरा –

नेपाल प्याराग्लाईडीङ पाईलट क्लवले वन्दीपुरमा रहेको व्लु स्काई फ्लाइङ स्कुललाई कारवाहीको माग गरेको छ ।

क्लवले बुधबार पश्चिमाञ्चल क्षेत्रिय प्रशासक खगराज बराललाई ज्ञापन पत्र वुझाउदै केहि दिन अघि स्याङजाको स्वरेक मैदानमा प्याराग्लाइडीङ सिक्दै गरेका शैलेष पहारीको उक्त स्कुलको लापरवाहीको कारणले गर्दा मुत्यु भएको दाबी गर्दै स्कुल माथि कारवाहीको माग गरेको हो ।

paragliding-1

स्कुललाई तत्काल वन्द गरी उक्त घटनाको सत्य तथ्य पक्ता लगाई कारवाही हुनु पर्ने, प्याराग्लाईडीङमा अनुगमन हुनु पर्ने लगायतका माग राख्दै क्लवले बुधबार पश्चिमाञ्चल क्षेत्रिय प्रशासक खगराज बराल समक्ष ज्ञापन पत्र वुझाएको हो । क्लवका अध्यक्ष खुम बहादुर गुरुङले क्षेत्रिय प्रशासक बराललाई ज्ञापन पत्र हस्तान्तरण गर्दै पोखरामा आवश्यकता भन्दा बढी प्याराग्लाईडीङ कम्पनी र पाईलट उत्पादन गर्न लागेको कारणले गर्दा पनि दुर्घटना भएको दाबी गरे । उनले भने “ पर्यटकीय नगरी पोखराको थप आकषर्ण भनेको प्याराग्लाईडीङ हो, यस व्यवसायलाई हामीले समयमै व्यबस्थित पार्न सकेनौं भने भोलि यो व्यवसाय ध्यस्त पनि हुन सक्छ । ” क्षेत्रिय प्रशासक बरालले यस घटनाको बारेमा सम्बन्धित सरोकार राख्ने निकायसंग छलफल गरी कारवाही अघि बढाउने वचन दिए ।

अवैध ढंगले व्लु स्काई फ्लाइङ स्कुलले पोखरा क्षेत्रमा प्याराग्लाईडीङ उडान नगर्न जारी गरेको निर्देशनलाई अटेर गरी उडान गराएको, उद्धार र सुरक्षाको कुनै कुरामा पुर्व तयारी विना उडान गराएको, गैह््र कानुनि विदेशी प्रशिक्षकहरुबाट प्रशिक्षण गराईएको, दुर्घटना भएको ४÷५ घण्टा पछि मात्र सुचना जारी गरेकोले स्कुलको ठुलो लापरवाहीले गर्दा पहारीको मृत्यु भएको क्लवका सचिव हरि वास्तोलाले आरोप लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button