पोखरामा प्लाष्टिक झोला तथा ग्लास प्रतिवन्ध

प्रयोग गर्नेलाई कारवाही गर्ने नगरपालीकाको चेतावनी,

पोखरा –

के तपाई सामान किन्नको लागि झोला विना पसलमा जादै हुनु हुन्छ तर आफ्नो घरमा छ भने कपडा वा फेब्रीकको झोला लियर मात्र जानु होला ।
पहिलाको जसरी पसलेसंगै प्लाष्टिकको झोला पाईन्छ भन्ने ठानेर पसलमा जानु भयो भने कि पसलेले महङगोमा अर्को झोला विक्रि गर्छ अन्यथा तपाईले सामान किने पनि झोला पाउनु हुदैन । यदी तपाईले जवरजस्ती प्लाष्टिकको झोलामा सामानहरु लियको वा दिएको नगरपालीकाको अनुगमन टोलीले फेला पारेमा तपाईहरुलाई कारवाही गर्ने छ । पोखरामा बुधबार देखि लागु हुने गरी ४० माईक्रोन भन्दा कम मोटाई भएका प्लाष्टिकका झोला तथा ग्लास प्रतिवन्ध गरीएको छ । पोखरा उपमहानगरपालीका कार्यालयले बुधबार एक समारोहका बिच पोखरामा ४० माईक्रोन भन्दा कम मोटाई भएका प्लाष्टिकका झोला र ग्लासहरु प्रयोग नगर्न आम पोखरेलीहरुलाई आग्रह गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले पोखरामा बुधबार देखि प्लाष्टिक झोला तथा कप निषेध क्षेत्र घोषणा गर्दै यसको कार्यान्वयनमा सवै क्षेत्रबाट लाग्न आग्रह गरे । उनले भने “ अव घर देखि शहरसम्म सफाई अभियानमा हामी सवै जुट्नु पर्दछ, यसरी विभिन्न शहरमा सफाइका अभियानमा जुट्नु पर्दछ, नगर क्षेत्रमा प्लाष्टिकजन्य वस्तुको प्रयोगमा रोक लगाउने घोषणा भएर मात्र हुदैन अब यसलाई व्यवहारमा लागु गर्नुपर्छ । ” उनले पोखराका व्यावसायीहरुलाई आफ्नो पसलको भिक्तामा सुचना टाँस गरी दैनिक उपभोग्य बस्तुहरु किन्दा प्लाष्टिकका झोलाको विकल्पमा अन्य झोला प्रयोग गर्ने गरी सुचना टाँस गर्न निर्देशन दिए । मानव स्वास्थ्य, वातावरणीय दृष्टिले गर्दा पनि हानीकारक हुने भएकोले प्लाष्टिक जन्य पदार्थ पोखरा सहित अन्य क्षेत्रमा पनि प्रतिवन्ध गर्न सचिव अधिकारीले आग्रह गरे ।
पश्चिमाञ्चल क्षेत्रिय प्रशासक खगराज अधिकारीले बजारमा सामान किन्नाको लागि अब देखि पोखरा क्षेत्रका व्यवसायीहरुले प्लाष्टिकको झोलाको विकल्पमा आफै कपडा तथा फेब्रीकको झोला प्रयोग गर्न आग्रह गरे । उनले भने “ एक थरीले पोखरालाइ सफा गर्ने भन्दै अभियाना हिड्ने अर्को थरीले कुकुरालाई सार्वजनीक क्षेत्रमा हिडाउदै जथाभावी दिशा गराउने उपर कारवाही हुन्छ ।” आफु विहान मडिङ वाकमा हिड्ने समयमा फोटो खिचेर सार्वजनीक गरी त्यस्ता व्यक्तिलाई कारवाहीको दायरामा ल्याउने समेत उनले बताए । कास्कीका प्रमुख जिल्ला अधिकारी हरी प्रसाद मैनालीले प्लाष्टिक मानव स्वास्थ्यलाई असर पार्ने भएकोले यसको विकल्पमा आम उपभोक्ताहरुले अन्य झोला र ग्लास प्रयोग गर्न आग्रह गरे । नेपाली कांगे्रस कास्कीका उपाध्यक्ष हरी प्रसाद आचार्यले कास्कीका सम्पुर्ण राजनीतिक दलहरु पोखरामा प्लाष्टिकका झोला प्रतिवन्ध गराउनेमा सहमत भएको जनाए । पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले प्लाष्टिकको झोला तथा ग्लास प्रतिवन्धले ५० प्रतिशत मात्र काम पुरा भएको बताउदै बाँकी ५० प्रतिशत पुरा गर्न सवै क्षेत्रबाट व्यावहारमा लागु हुनु पर्ने बताए । उनले भने “नगरपालीकाले अनुगमनको नाममा आतङक मच्चाउन भएन ।” नागरीक समाज पोखराका संयोजक राम बहादुर पौडेलले पोखराको सफाई अभियानमा जुटे सरी पोखरेलीहरु जुटेको अबस्थामा पोखरामा प्लाष्टिक झोला पुर्ण प्रतिवन्ध हुने दाबी गरे । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले प्लाष्टिकको झोलाको विकल्पमा बजारमा एक सय रुपैया सम्म झोलाको रकम लिने गरेको आरोप लगाए । उनले बजारमा अनुगमन गर्न आग्रह गरे ।
पोखरा उपमहानगरापालीका टोल समन्वय समितिका अध्यक्ष उज्जल खत्रिले पोखरामा पष्टिकका झोला र ग्लास प्रतिवन्धको घोषणा भएसंगै भोलि देखि बजारमा अनुगमन हुनु पर्ने बताए । ४ सय ५० टोल विकास संस्थाहरुले नगरपालीकाले तोकेको मापदण्डमा रहेर प्लाष्टिकका झोला तथा ग्लास प्रयोग नगर्ने उनले बताए ।
पोखरा उपमहानगरपालीका कार्यालयका ईन्जीनियर महेन्द्र गोदारले एक सय बर्ष देखि हजार बर्षसम्म प्लाष्टिक नकुहिने भएको, यसको प्रयोगले मानव स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने भएकोले यसको प्रयोग नगर्न आग्रह गरे । उनले भने “ हाम्रो अनुगमन जारी रहन्छ, यदी अब पोखरामा कसैले प्लाष्टिकका झोला र ग्लास प्रयोग गरेको भेटेमा पहिलो चरणमा ५ सय दोश्रो चरणमा एक हजार र तेश्रो पटक भेटेमा पटकै पिच्छे ५ सय रुपैया जरीवाना लाग्ने छ । ” पोखरा उपमहानगरपालीका कार्यालयका कार्यकारी अधिकृत नवराज ढुंगनाको अध्यक्षतामा सम्पन्न भएको उक्त घोषणा सभामा पुर्व कार्यकार्य अधिकृत तिलक पौडेल, कार्यालयका बरिष्ठ अधिकृत ओमराज पौडेल, पोखरा उपमहानगरपालीका निगरानी समुहका संयोजक अन्जु केसी, नगरपालीकाका नगर प्रहरी प्रमुख वसन्त चालिसे लगायतले वोलेका थिए ।
प्लाष्टिक सरोकार तथा सघर्ष समितिका संयोजक राधेश्वर आचार्यले आफुहरुको मुद्धा सवच्र्वो अदालतमा हाल विचाराधिन हुने अबस्थामा पोखरामा प्लाष्टिक झोला तथा ग्लास प्रतिवन्ध हुनु उचिन नभएको बताए । उनले भने “ नगरपालीकाले विकल्प विना पोखरामा प्लाष्टिक झोला र ग्लास प्रतिवन्द गर्नाले मासु र चिनी आम उपभोत्ताले अब कपडाकै झोलामा वोक्नु पर्दछ । ” ग्लोवर प्लाष्टिक उद्योग संचालक समेत रहेका आचार्यले पोखरामा हाल ४ वटा प्लाष्टिकका उद्योगहरु रहेको बताए । पोखरामा खपत हुने ४ उद्योगले १० प्रतिशत प्लाष्टिक उत्पादन गर्ने गरेको उनले जनाए । पोखरामा दैनिक जसो ४ देखि ५ टन प्लाष्टिक जन्य पदार्थको प्रयोग हुने गरेको उनले जनाए । पोखरामा एक सय भन्दा बढी प्लाष्टिक जन्य पदार्थहरु विक्रि गर्ने पसलहरुबाट बर्षको करीब ३० करोड भन्दा बढीको कारोवार हुने गरेको व्यवसायीहरु बताउछन । पोखरामा यस अघि कालो प्लाष्टक पुर्ण रुपले प्रतिवन्ध भएको छ । त्यसै गरी पोखरामा २० माईक्रोनको प्लाष्टिक पुर्ण प्रतिवन्ध भए पनि त्यो खासै व्यावहारमा लागु हुन सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button