पोखरामा ६५ वटा पसलहरुबाट २३ किलो प्लाष्टिक जफत

पोखरामा अनुगमन सुरु, पहिलो पटक प्लाष्टिक झोला र ग्लाँस जफत दोश्रो पटकमा एक हजार सहित कारवाही हुने,

पोखरा –
पर्यटकीय नगरी पोखरामा ४० माईक्रोन भन्दा कम मोटाई भएका प्लाष्टिकका झोला तथा ग्लास प्रतिवन्ध गरीएसंगै अनुगमन पनि सुरु भएको छ। विहिबार र  शुक्रबार पोखराको विभिन्न  क्षेत्रमा अनुगमन गर्दा ६५  वटा पसल बाट करीब २३  किलो प्लाष्टिक जफत गरीएको हो ।

पोखरा उपमहानगरपालीका कार्यालयले बुधबार एक समारोहका बिच पोखरामा ४० माईक्रोन भन्दा कम मोटाई भएका प्लाष्टिकका झोला र ग्लासहरु प्रयोग नगर्न आम पोखरेलीहरुलाई आग्रह गरे पछि त्यसलाई व्यवहारत लागु गर्न अनुगमन टोली खटाइएको पोखरा उपमहानगरपालीका कार्यालयका कार्यकारी अधिकृत नवराज ढुंगनाले पोखरान्युजडटकम  लाइ बताए ।

plastic-jafat

पोखरा उप–महानगरपालीका कार्यालयका नगर प्रहरी प्रमुख वसन्त चालिसेको नेतृत्वमा अनुगमन टोलीले विहिबार र शुक्रबार पोखराका विभिन्न क्षेत्रमा अनुगमन गरी पहिलो पटक भेटिएका प्लाष्टिकका झोला तथा ग्लाँसहरु जफत गरेको छ । उनले भने “पहिलो पटकमा हामीले सम्झाई बुझाई गरी भेटिएका प्लाष्टिकका झोला र ग्लासहरु जफत गछौं, फेरी दोश्रो पटकको अनुगमनमा प्रतिवन्ध गरीएका प्लाष्टिकजन्य वस्तु भेटे मा एक हजार रुपैया सहित कारवाही गर्ने छौं । ” विहिबार सिद्धाथचोक र चिप्लेढुंगा क्षेत्रमा अनुगमन गर्दा २४ वटा पसलहरुबाट ९ केजी प्लाष्टिक जफत गरीएको चालिसेले पोखरान्युजडटकम लाइ बताए । त्यसै गरी शुक्रबार महेन्द्रपुल, साँधुकोमुख, पृथ्बीचोक क्षेत्रमा अनुगमन गर्दा ४१ वटा पसल बाट करीब १४ किलो प्लाष्टिक जफत गरीएको उनले जनाए ।

अनुगमन टोलीमा नागरीक समाज पोखराका संयोजक राम बहादुर पौडेल, पोखरा उपमहानगरापालीका टोल विकास समन्वय समितिका अध्यक्ष उज्जल खत्रि, महिला टोल समन्वय समितिका अध्यक्ष पवित्रा गुरुङ, पोखरा उपमहानगरपालीका निगरानी समुहका संयोजक अन्जु केसी, नगरपालीका वातावरण शाखाका हरी न्यौपाने, नगरपालीकाका सुचना प्रमुख चन्द्रावती वाग्ले लगाएतका रहेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button