दोभिल्लाको वस्ती तथा सहारा एकेडेमीको अवलोकन पश्चात मन्त्री गिरीद्धारा सहयोग गर्ने वचन

नदी तथा खोलाले वस्तीलाई जोखिम पारेकोले संरक्षणमा सहयोग गर्ने वचन
पोखरा – 
सिचाई मन्त्री दिपक गिरीले शनिबार पोखरा १७, दोभिल्ला क्षेत्रको वस्ती सहित सहारा एकेडेमीको अवलोकन गरेका छन ।
फुर्सेखोला र सेतीनदीले कटान गरी दोभिल्ला वस्ती सहित सहारा एकेडेमी जोखिममा पारेपछि मन्त्री गिरीले सो क्षेत्र अवलोकन गर्दै त्यहाँको वस्ती सहित एकेडेमी संरक्षणको लागि आवश्यक रकम विनियोजन गर्नको लागि सहयोग गर्ने वचन दिएका छन । स्थानीयहरुसंग मन्त्री गिरीले भने “ यस बर्ष खोला तथा नदी कटानले गर्दा पारेको वस्ती र एकेडेमी संरक्षणको लागि बजेट नभए पनि यसको लागि तत्काल नदी तथा खोला कटानबाट संरक्षणको लागि के गर्न सकिन्छ, त्यसको बारेमा हामीले क्याविनेटबाटै निर्णय हुने गरी बजेट पार्न सक्छौं । ” आवश्यक बजेट विनियोजनको लागि प्रतिवेदन सहित लागत स्टिमेट मन्त्रालयमा पेश गर्न जल उत्पन्न प्रकोस कार्यालय पोखराका प्रमुख श्रीराम जोशीलाई मन्त्री गिरीले आग्रह गरेको गरेका छन ।

sahara-clubस्थानीय कमलमोहन पौडेलले यस बर्षको हिउदको समयमा दोभिल्ला क्षेत्रको वस्ती सहित एकेडेमी संरक्षणको काम नभए आगामी बर्षायाममा दोविल्ला क्षेत्र सहित सहारा एकेडेमी खोला तथा नदीले वगाउन सक्ने बताए । उनले भने भने “ दुई खोला तथा नदीको कटानले गर्दा हाम्रो वस्ती नै उच्च जोखिममा परेको छ, तत्काल केहि महिना भित्रै क्रंक्रिट वाल सहित मेसिनेरी वाल लगाउनु पर्दछ । ” सहारा क्लवका अध्यक्ष वीरभद्र आचार्यले दोविल्ला क्षेत्रको संरक्षणमा सरकारले समयमै कदम चाल्न नसके आगामी बर्षमा ठुलो क्षति हुने दाबी गरे । उनले भने “दोविल्ला क्षेत्र हाल फुर्सेखोला र सेतिनदीले कटान गर्दै गएको छ, पक्की पुलको जग समेत खोलाले कटान गरेकोले समयमै संरक्षणको काम हुनु पर्दछ । ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button