लेखनाथमा प्लटिङ रोक्न कार्यकारी अधिकृतको निर्देशन, कानुन नमान्ने जग्गा व्यवसायीलाई कारवाही

पोखरा –

पोखरा उपमहानगरपालिका र लेखनाथ नगरपालिकाको कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका नवराज ढुंगानाले लेखनाथनै कुरुप हुनेगरी भएका प्लटिङ तत्काल रोक्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले लेखनाथको कार्यकारीका रुपमा समेत काम गर्ने जिम्मेवारी तोकेपछि सोमबार लेखनाथ नगरपालिकाको कार्यालयमा कर्मचारीलाई निर्देशन दिदै, कार्यकारी अधिकृत ढुंगानाले अव्यवस्थित प्लटिङको तथ्यांक एकहप्ता भित्र उपलब्ध गराउन निर्देशन दिएका छन् । उनले अहिले लेखनाथको कुन कुन ठाँउमा अव्यवस्थित जग्गा विकास कार्यक्रम भैरहेको छ, सो को जानकारी एक हप्ता भित्र आफुलाई उपलब्ध गराउन निर्देशन दिएका हुन ।

lekhnath-adhikritकार्यकारी अधिकृत ढुंगानालो जग्गा व्यवसायी आफै इन्जिनियर, आफै अमिन, आफै ओभरसियर हुँदै जहाँ पायो त्यही जग्गा चिर्दै हिडेको आरोप समेत लगाए । जग्गा प्लटिङ वालालाई एकहप्ता भित्र कार्यालयमा उपस्थित गराई छलफल गराउने व्यवस्था मिलाउन समेत कर्मचारीलाई निर्देशन दिएका छन् । नगरपालिकाको जग्गा विकास कार्यविधि अनुसार प्लटिङ नभए, त्यस्ता जग्गामा घरनक्सा पास रोक्न समेत उनले त्यसक्रममा आग्रह गरे । कुनै जग्गा व्यवसायीले नगरपालिकाको नियम कानून मान्न अटेर गरे जिल्ला प्रशासनमा कारवाहीका लागि लेखी पठाउने चेतावनी समेत उनले दिएका छन् । कार्यकारी अधिकृत ढुंगानाले गतबर्षको परिषदले पास गरेका योजनालाई पहिलो प्राथमिकतामा राखी काम गर्र्नु पर्नेमा जोड दिए । उनले आफु पनि लेखनाथ नगरवासी भएको र नगरपालिकाले दिने विकास सुविधाको सेवाग्राही भएको उल्लेख गर्दै, प्रभावकारी योजना कार्यान्वयनमा जोड दिए ।

नगरपालिकाले निर्माण गरेको जग्गा विकास कार्यविधि २०७२ पछि लेखनाथमा मात्रै झण्डै ७० भन्दा बढी स्थानमा जग्गा प्लटिङ भएका र तिनिहरुले एक ठाउँमा पनि मापदण्ड अनुसार काम गरेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button