पोखरामा पछि थपिएका वडाको पूर्वाधार विकासमा ध्यान दिन नगरवासीको आग्रह

पोखरा –
पोखरा उपमहानगरपालिका कार्यालयको आर्थिक वर्ष २०७३÷२०७४ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सोमवार सम्पन्न भएको छ ।

पोखरा २४ वडा कार्यालय कृष्तिको प्राङ्गणमा भएको सो कार्यक्रममा नगरवासीहरुले पोखरा उपमहानगरपालिका कार्यालयमा गतसाल थप भएका ११ वटा वडाको पूर्वाधार कमजोर भएको गुनासो गरेका छन् । उनीहरुले नगरपालिका घोषणा मात्र ठूलो कुरा नभएको वताउँदै सो अनुसारको पूर्वाधारको विकासमा नगरपालिका कार्यालयले संवन्धित वडाहरुमा पहल गर्नु पर्ने वताए । साविकका १८ वटा वडाको पूर्वाधार राम्रो भएपनि पछि थप भएका ११ वटा वडाको पूर्वाधार अत्यन्तै नाजुक अवस्थामा रहेको उनीहरुले गुनासो गरेका छन् ।

सार्वजनिक सुनुवाईका क्रममा गुनासो राख्ने नगरवासीले नगरपालिकाका कर्मचारीले दुःख दिने गरेको, हाकिम परिवर्तन हुँदा कार्य सम्पादनमा समस्या भएको, कार्यालयमा कर्मचारी नभेटिने गरेको भेटिएपनि दाल्ने गरेको जस्ता गुनासो गरेका थिए । यस्तै नगरको सार्वजनिक जग्गा अतिक्रमण भएको, प्राविधीकहरु वोलाउँदा समयमा कार्यस्थलमा नजाने गरेको, घर नक्सा पासमा निकै झण्झट व्यहोर्नु परेको, कर्मचारी नेता जस्ता भएको, सामान्य कामलाई वढी अल्मल्याउने गरेको, सामाजिक सुरक्षा भत्ता भण्झटिलो भएको गुनासो गरेका थिए । त्यस्तै उनीहरुले पछि थप भएका वडामा जाने नगरवसहरुको समयले धोका दिएको, दलित र महिलाको लागि विनियोजित वजेट समान रुपमा वितरण नभएको, कफि अलैँची वेसार जस्ता नगरमा भएका उत्पादनका पकेट क्षेत्रमा सो अनुसारका वाली सिफारिसमा ध्यान नदिएको, सार्वजनिक मठ मन्दिर संरक्षणमा ध्यान नपुर्याएको जस्ता दर्जनौ गुनासा गरेका थिए ।

सो अवसरमा नगरवासीका जिज्ञासालाई नगरपालिकाका योजना महाशाखा प्रमुख वरिष्ठ इन्जिनियर शारदामोहन काफ्ले, निरिक्षण महाशाखा प्रमुख वरिष्ठ नगर निरिक्षक वसन्त चालिसे, प्रशासन महाशाखा प्रमुख अनन्तप्रसाद कोईरालाले समाधान गरेका थिए । उनीहरुले नगरवासीले राखेका जिज्ञासा जायज भएको वताउँदै आगामी दिनमा उक्त जिज्ञासा समाधान गर्ने वताएका छन् । पोखरा उपमहानगरपालिका कार्यालयको आयोजना तथा रेडियो तरङ् प्रालिको व्यवस्थापनमा भएको सो कार्यक्रमको सहजिकरण पत्रकार कमल पौडेल अथकले गरेका थिए । कार्यक्रममा मेघराज सुवेदी, सम्मरवहादुर गुरुङ, रणवहादुर कार्की, गोविन्दप्रसाद वराल, दीपक सुवेदी, शशिधर सुवेदी, हरिविक्रम अधिकारी, हेमराज अधिकारी, देवीवहादुर थापा, गंगादत्त पौडेल, लक्ष्मी पोखरेल, रोशन भट्टराइ, निमवहादुर गुरुङ, वलवहादुर सुनार, कृष्णवहादुर थापा, जगत वहादुर थापा पूर्णवहादुर थापा लगायतका रहेका छन् ।

स्थानीय ज्येष्ठ नागरिक धनवहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नागरिक समाज पोखराका संयोजक रामवहादुर पौडेल, नागरिक निगरानी समितिका संयोजक अन्जु केसी लगायतले वोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button