१८ औं पोखरा सडक महोत्सव सफल पार्न सहयोग गर्ने सबैको प्रतिबद्धता

पोखरा-

रेस्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराले हरेक वर्ष अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजना गर्दै आएको पोखरा सडक महोत्सवको १८ औं संस्करणको मिति नजिकिदै गर्दा आयोजकले पोखराका पर्यटन सम्बद्ध विभिन्न संघसंस्थाका पदाधिकारीहरुसंग छलफल गरेको छ । छलफलमा सहभागिहरुले पोखरा सडक महोत्सव पोखरेलीहरुको मात्र भनई राष्ट्रकै ठूलो पर्व बनिसकेकाले यसलाई सफल पार्न सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्  ।

कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्ड पोखरा प्रमुख उदय भट्टराईले पर्यटन प्रवद्र्धनका लागि हुने यस्तो मेला महोत्सवलाई पर्यटन बोर्डले बिगतदेखिनै सहयोग गर्दै आएको जनाउँदै यसपटक पनि सहयोग गर्ने बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापाले महोत्सव रेवान पोखराले आयोजना गरेतापनि यो समग्र पोखरेलीहरुकै साझा महोत्सव भएको उल्लेख गर्दै यसलाई सफल पार्न सम्पूर्ण संघसंस्थालाई आग्रह गरे । नाट्टा क्षेत्रिय संघ पोखराका उपाध्यक्ष सञ्जयकान्त सिग्देलले महोत्सव अवधिमा यातायात क्षेत्रमा बसको संख्या बढाएर भएपनि सहयोग गरिने बताए ।

कार्यक्रममा रेवान पोखराको सडक महोत्सवमा स्वास्थ्य तथा औषधी उपचारमा सहयोग गर्दे आएको नमस्ते अस्पतालका डा.मानबहादुर गुरुङ्ग, सामुदायिक सेवा केन्द्र जिल्ला समन्य समिति कास्कीका संयोजक विष्णु भट्टराई, एगा पोखराका अध्यक्ष पुष्कलबहादुर थापा, टेसा अध्यक्ष नारायण प्रसाद पौडेल, टुरिष्ट बुकसप एशोसिएसनका प्रेमप्रसाद शर्मा, पर्यटन यातायात समितिका अध्यक्ष वोबरजंग गुरुङ्ग, मितेरी क्लवका अध्यक्ष खेम पहारी लगाएतले १८ औं सडक महोत्सव सफल पार्न आ–आफ्नों क्षेत्रबाट व्यक्तिगत र संस्थागत सहयोग रहेन बताएका थिए ।

रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुङ्गको अध्यक्षतामा सम्पन्न छलफल कार्यक्रममा महोत्सव संयोजक गोपीबहादुर भट्टराइले सहजिकरण गरेका थिए । १८ औं पोखरा सडक महोत्सव आउँदो पुष १३ देखि १७ गते सम्म पोखराको बैदामको साढे तीन किलोमिटर क्षेत्रमा सञ्चालन गरिने आयोजक रेवान पोखराले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button