पोखरामा पहिलो पटक चलचित्र पत्रकारिता कार्यशाला

पोखरा –
पोखरामा पहिलो पटक तीन दिने चलचित्र पत्रकारिता कार्यशाला हुने भएको छ । चलचित्र पत्रकार संघ, कास्कीले मंसिर ३, ४ र ५ गते ‘चलचित्र पत्रकारिता कार्यशाला’ गर्ने भएको संघ कास्कीका अध्यक्ष रेम बिकले जानकारी दिए । पोखरा टे«ड मलको रोयल पोखरा रेष्ट्रोमा हुने कार्यशाला पोखराका विभिन्न सञ्चारमाध्यममा रहेका चलचित्र सम्बन्धि इच्छुक पत्रकारलाई लक्षित गरी आयोजना गरिएको अध्यक्ष विक वताउछन ।

पोखरामा बिट पत्रकारिताको अभावसँगै चलचित्र पत्रकारिता पनि आझेलमा पर्न जाँदा लेखन सम्बन्धि जानकारी दिन कार्यशाला आयोजना गरिएको उनले बताए । चलचित्र क्षेत्रका विज्ञ प्रकाश सायमी, डब्बु क्षेत्री र कृष्ण भट्टराईले प्रशिक्षण दिनेछन् । कार्यशाला मध्यान्न १२ बजे देखि साँझ ५ बजेसम्म चल्नेछ ।

‘निशुल्क सहभागि रहेको कार्यशालामा झन्डै ४५ पत्रकारको सहभागिता रहने अपेक्षा संघले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button