पोखरा वृद्धाश्रम ४ नम्बर प्रदेशकै नमुना वृद्धाश्रम बन्ने विश्वास

पोखरा-

पोखरा १७, सीतापाइलामा रहेको पोखरा वृद्धाश्रमको २० औं साधारणसभा सम्पन्न भएको छ । साधारणसभालाई सम्बोधन गर्दै महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालले पछिल्लो समयमा संस्कार तथा संस्कृतिलाई ओझेलमा परेको बताउनुभयो । वहाँले बालबालिकालाई मायाममता तथा ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्ने संस्कारलाई जागरण गर्नुपर्ने बताउनुभयो ।

पोखरा वृद्धाश्रम ४ नम्बर प्रदेशकै नमुना वृद्धाश्रम बन्ने विश्वास व्यक्त गर्दै लम्सालले मन्त्रालयका तर्फबाट आवश्यक सहयोग गर्ने बताउनुभयो । ज्येष्ठ नागरिकहरु ज्ञान सीपका खानी भएकाले उनीहरुको सीप तथा अनुभव बाँड्ने थलो वृद्धाश्रम भएको वहाँको भनाई   थियो । साथै सचिव लम्सालले असहाय एवं वेवारिसे ज्येष्ठ नागरिकहरुको संरक्षणमा पोखरा वृद्धाश्रमले पु¥याएको मुक्तकण्ठाले प्रंशसा    गर्नुभयो ।

साधारणसभालाई सम्बोधन गर्दै महिला तथा बालबालिका कार्यालय कास्कीकी प्रमुख लक्ष्मी जिसीले पोखरा वृद्धाश्रमले पश्चिमाञ्चल क्षेत्रकै अग्रणी वृद्धाश्रम भएको उल्लेख गर्नुभयो । राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय पोखराका प्रतिनिधि मोहन काफ्लेले ज्येष्ठ नागरिकहरुका हक हित संरक्षणमा प्रयाप्त काम बाँकी रहेको धारणा व्यक्त गर्नुभयो ।

साधारणसभाले गत वर्षको बार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष पुष्पराज पराजुलीले पेश गर्नुभएको लेखा प्रतिवेदन आगामि आर्थिक वर्षको कार्ययोजना पारित गरेको छ । वृद्धाश्रममा विभिन्न १५ जिल्लाका असहाय वेवारिसे तथा प्राय एकल अवस्थाका ज्येष्ठ नागरिकहरुले आश्रय लिइरहेका छन् ।

सबै जातजातिका असहाय अवस्थाका ज्येष्ठ नागरिकहरुलाई आश्रय प्रदान गरिएको अध्यक्ष पराजुलीले जानकारी दिनुभयो । २०५३ सालमा स्थापना भएको वृद्धाश्रमलाई नेपाल सरकारले पनि नमुना वृद्धाश्रमको रुपमा विकास गर्ने लक्षका साथ सहयोग गर्दै आएको छ । वृद्धाश्रमका अध्यक्ष बसन्तकेशव पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव कुसुमकेशव पराजुलीले गर्नुभएको थियो ।

यसैवीच पोखरा न्यूरोड निवासी युवा व्यवसायी दीपक कार्कीले ज्येष्ठ नागरिकहरुका लागि सिरक, चामल, आलु लगायतका खाद्य सामग्री प्रदान गर्नुभएको छ । कार्कीले आफ्नो जन्मदिनका अवसरमा सो सामग्रीहरु प्रदान गर्नुभएको हो । वहाँले आगामि दिनमा समेत आवश्यक सहयोग गर्दै जाने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button