
पोखरा-
पर्यटकीय नगरी पोखरामा भोलि (शनिबार) कोरीयन फिल्म तथा फुड फेस्विटवल हुने भएको छ । कोरीयन राजदुतावासको आयोजनामा शनिबार पोखराको माउण्ट कैलाश रिसोर्टमा एक दिने कोरीयन फिल्म तथा फुड फेस्विटवल हुने भएको कोरीयन राजदुतावासका एक कर्मचारी शिव पोखरेलले बताए । कोरीयाको संस्कृति सहित खाना र त्यहाँको फिल्मको बारेमा नेपाली माझ जानकारी गराउने उद्धेश्यले यस्तो कार्यक्रम विगतका बर्ष देखि नेपालमा हुदै आएको पोखरेलले जनाए ।

स्पिड स्क्याण्डल र २ सय पाउण्ड व्यूटि नामका दुई वटा फिल्म सहित कोरीयन करीब ७ प्रकारका परिकारका खाना फेस्टिवलमा उपलब्ध हुने भएको छ । कोरीयन फिल्म तथा फुडफेस्टिवल पोखरामा आयोजना हुनुले दुई देश विचको कला, संस्कृति सहित पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने भएको पोखराका पर्यटन व्यवसायी मदन केसीले बताए । फेस्टिवलका संयोजक समेत रहेका केसीले शनिबार दिउसो ३ बजे देखि साँझ सम्म हुने फेस्टिवललमा पोखराका उद्योगि व्यावसायी तथा विभिन्न संघ संस्थाका पदाधिकारीहरुको सहभागिता हुने भएको बताए ।
यसै बिच, कोरीयन राजदुत चोयोङ जिनले सुक्रबार पोखराका विभिन्न उद्योगि व्यावसायी पोखर विभिन्न संघसंस्थाका पदाधिकारीहरु संग भेटघाट गरेका छन । कोरीयाको विकास गतिको बारेमा चर्चा गर्दै जिनले भने “नेपालमा विकासको धेरै सम्भावना छ, यसको लागि यहाँको राजनीतिक स्थिरता पहिलो आवश्यकता, जनतामा काम गर्ने संस्कारको विकास हुनुपर्छ । ” नेपालमा हरेक बर्ष जसो ३० हजार कोरीयन पर्यटक आउने बताएका उनले कोरीयामा नेपालहरु करीब ३७ हजार जना रहेको उल्लेख गरे । नेपालमा लगानीको वातावरण सृजना भए यहाँ जलविद्युत तथा उद्योग धन्दा संचालन गर्न विदेशीहरु लगानी भित्रिने दाबी गरे ।





