लायन्सको क्याविनेट मिटिङ सम्पन्न, आज फेलोशिप

पोखरा-

लायन्स क्लव इन्टरनेशनल अन्तर्गत नेपालका चारवटै डिष्ट्रिक्टहरुको क्याबिनेट मिटिङ शुक्रबार सम्पन्न भएको छ । डिस्ट्रिक्ट ३२५ बि वान, बि २, ३२५ ए १ र ए २ अन्र्तगतका विभिन्न लायन्स क्लवमा आवद्ध लायनहरुबिच पोखराका विभिन्न ठाउँमा छुट्टछुट्टै क्याविनेट मिटिङ भएको हो ।

बी वान को दोस्रो क्याबिनेट मिटिङ पोखरा सभागृहमा भएको थियो । बी टुको रञ्जीत ईभेण्ट रानीपौवा, ए वानको पोखरा ग्राण्ड, ए टुको फुलबारी होटलमा सञ्चालन भएको हो । लायन्स क्लवको वर्षभरिमा ४ वटा क्याविनेट मिटिङ गर्नुपर्ने भएकोले हरेक तीन–तीन महिनामा मिटिङ गर्ने गरिएको छ । मिटिङमा नेपालका लायन्सहरुले सामाजिक क्षेत्रमा पुर्याएका योगदानहरुको समिक्षा गरिनुका साथै आगामी दिनमा गनुपर्ने कामहरुको बारेमा छलफल गरिएको मिडिया संयोजक सुदिपराज ढुङ्गानाले जानकारी दिए ।

यसैबीच, शनिबार पोखरामा लायन्स क्लब अन्तराष्ट्रिय मल्टिीपल डिष्ट्रिक ३२५ नेपालको फेलोशिप कार्यक्रम हुँदैछ । जुन कार्यक्रममा ४ वटै डिष्ट्रिकका प्रतिनिधिले सहभागिता जनाउँनेछन् । यसका लागि प्रतिनिधी परिवार सहित सात हजार जना पोखरा ओहिरिएका छन् । कार्यक्रममा लायन्स क्लव अन्तराष्ट्रिय डाईरेक्टर सञ्जय खेतान सहितका अन्तराष्ट्रिय तथा राष्ट्रिय अग्रज लायन लिडरहरुको सहभागीता रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button