पोखरा सडक महोत्सव सफल पार्न विभिन्न उपसमितिहरु गठन

पोखरा –
आगामी पुष १३ देखि १७ गते सम्म पोखराको लेकसाइडमा हुन लागेको १८ औं पोखरा सडक महोत्सव सफल पार्न विभिन्न उपसमितिहरु गठन गरिएको छ । रेवान पोखराको आयोजनामा हुन लागेको महोत्सवको संयोजकमा समितिका निवर्तमान अध्यक्ष गोपीबहादुर भट्टराई चयन भएका छन ।

त्यसैगरि सह–संयोजकमा उपाध्यक्षद्वय भिमसेन भुजेल र लक्ष्मण बराल रहेका छन् । कार्यालय प्रशासन, मिडिया तथा प्रचार प्रसार समितिको संयोजकमा महासचिव विश्वराज पौडेल र सदस्य गणेश थापा रहेका छन् भने आर्थिक, टिकट व्यवस्थापन समिति संयोजकम योगेश भट्टराई र लक्ष्मण बराल रहेका छन् ।

यसैविच सडक महोत्सव सफल पार्नका लागि रेवान पोखराका विशेष साधारण सभा पनि सम्पन्न भएको छ । साधारणसभाका सहभागिहरुले सबैको सल्लाह सुझाव संकलन गरि यसपटकको महोत्सव भव्य रुपमा सम्पन्न पार्नुपर्नेमा जोड दिएका थिए ।
रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुङ्गको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button