पोखराका बास्तोला अफिनको उपाध्यक्ष

पोखरा –
पोखराको पद्म नर्सिङ होमका नरेन्द्र बास्तोला एशोसियसन अफ प्राईभेट हेल्थ इन्स्टिच्युशन नेपाल अफिन को उपाध्यक्षमा निर्बिरोध निर्वाचित भएका छन् ।

शनिबार राजधानीमा सम्पन्न १९ औं साधारणसभाले पोखराको पद्म नर्सिङ होमका बास्तोलालाई पश्चिमाञ्चल क्षेत्रबाट केन्द्रिय उपाध्यक्षमा निर्बिरोध चयन गरेको हो ।

यसै विच उपाध्यक्षमा सर्वसम्म निर्वाचित भएपछि वास्तोलाले सवैलाई  हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका छन । उनले आफ्नो फेसवुकपेज मार्फत निर्वाचित गराउन महत्त्वपूर्ण भुमिका खेल्नुहुने सम्पुर्ण साथिहरुलाई आभार तथा धन्यवाद दिएका छन ।

निजि अस्पताल हरुको छाता संगठन अफिन को १९ औं बार्षिक साधारण सभा अन्तर्गत आज सम्पन्न निर्वाचनमा मलाई पश्चिमाञ्चल क्षेत्रको तर्फबाट उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित गराउन महत्त्वपूर्ण भुमिका खेल्नुहुने सम्पुर्ण साथिहरुमा हार्दिक आभार एवं धन्यवाद व्यक्त गर्दछु उनले लेखेका छन  साथै केन्द्रीय अध्यक्षमा आदरर्णिय दाइ वसन्त कुमार चौधरी सहित निर्वरोध निर्वाचित हुनु भएका हाम्रो नव निर्वाचित कार्यसमितीका सम्पूर्ण साथिहरुमा बधाई ज्ञापन गर्दछु ।

अधिबेशनले अध्यक्षमा नर्भिक अस्पताल काठमान्डौका बसन्त चौधरीलाई नै पुनः सर्वसम्मत चयन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button