
पोखरा –
पोखरामा शनिबार सम्पन्न बाह्रौं संस्करणको “सानो परि एण्ड सानो बाबु पोखरा २०१६” ट्यालेन्ट कन्टेस्टको सानो परि तर्फ गण्डकी बोडिङ्ग स्कुलकी ११ बर्षीय केशभी देवि श्रेष्ठले हात पारिन् भने सानो बाबु तर्फ कास्की मोडनाइज्ड ऐकेडेमी स्कुलका ११ बर्षीय प्रथम गुरुङले उपाधी जित्न सफल भए ।
प्रतियोगितामा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै “सानो परि एण्ड सानो बाबु २०१६” ट्यालेन्ट कन्टेस्टको बाह्रौं संस्करणको उपाधी पाउन सफल केशभी र प्रथमले विजेताको क्राउन र मेडल सहित १०–१० हजार रुपैयाँ नगद पनि पाप्त गरे । शनिवार पोखरा सभागृहमा अवेर सम्पन्न भएको प्रतियोगितामा सानो परि तर्फ सेन्ट मेरिज बोडिङ्ग स्कुलकी शिशा तामाङले फस्ट रनरअप, आकृति लामा रुम्बाले सेकेन्ड रनर अफ, भुमिका ज्ञवालीले थर्ड रनरअप, प्रशंसा रानाभाटले फोर्थ रनरअफ र शिशु निकेटन स्कूलकी आकांक्षा आचार्यले फिफ्ट रनरअपको उपाधी हात पार्न सफल भए । त्यसै बाबु तर्फ शिशु निकेटन बोडिङ्ग स्कूलको आर्दश शर्माले फस्ट रनरअप, कुकुदिनी होम्सको अमिस महतोले सेकेन्ड रनरअप, गण्डकी बोडिङ्गको आयुष गुरुङले थर्ड रनरअप, मडरल्याण्ड उच्च मा.बि.को माहिर तामाङले फोर्थ रनरअफ र सिर्जना उच्च मा.बि.को अदित घिमिरेले फिफ्ट रनरअपको उपाधी प्राप्त गरे । जीत हाम्रो फाउन्डेशनको आयोजना र एस.टी. क्रियशनको ब्यबस्थापनमा उक्त प्रतियोगिता आयोजना भएको हो।
बाह्रौ संस्करणको सानो परि एण्ड सानो बाबु प्रतियोगिताको फाइनल कार्यक्रममा बरिष्ठ सौन्दर्यकर्मी, महिला उद्यमी तथा गुरुङ ब्यूटी पार्लर एण्ड एकेडेमीकी प्रबन्ध निर्देशक चिनु गुरुङ लाई सम्मान गरिएको थियो । गुरुङले लामो समय दखि सौन्दर्य पेशामा लागि महिला श–शक्तिकरण तथा उद्यमशिल र समाजसेवाको कार्यमा पु¥याएको योगदानको कदर गदै सम्मान गरिएको आयोजक संस्थाका प्रबन्ध निर्देशक राजेश जोशीले बताए ।
प्रतियोगिताको विजेता तथा उपविजेताहरुलाई कार्यक्रमकमा प्रमुख अतिथि पृथ्बी नारायण क्याम्पसका सह–प्राध्यापक एवं मदरल्याण्ड उच्च मा.बि.का फाउन्डर डाइरेक्टर त्रिभुवन शर्मा, युनिक ब्रेन पोखराका निर्देशक प्रेम छिरी शेर्पा (दिकपाल), सानो परि २०१५ की विजेता प्रतिष्ठा सुबेदी, उपविजेता प्रकृति थापामगर, सानो बाबु २०१५ दिप्जल बस्नेत र निर्णायक लगायतले प्रशंशापत्र, गीफ्ट ह्यामपर तथा अवार्ड प्रदान गरेका थिए । संचारकर्मी एवं कोरियोग्राफर सुरज थापा र इनिशा दुरा मगरले सञ्चालन गरेका थिए ।





