पोखरा-
चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेकोे ३ दिने ‘चलचित्र पत्रकारिता कार्यशाला’ आज सकिएको छ । प्रकाश सायमी, डब्बु क्षेत्री र कृष्ण भट्टराईले प्रशिक्षण दिएको कार्यशालामा पोखरा, लेखनाथ, हेम्जा मिडियामा काम गर्ने पत्रकारहरुको सहभागिता थियो ।
समापन कार्यक्रममा वोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले चलचित्र क्षेत्रमा कलम चलाउने पत्रकाररुले धैर्यता र अध्ययन वढी गर्नु पर्ने बताए । पहिला निर्देशक, निर्माता र कलाकारलाई बढी जोड दिइने बताउदै अहिले सिनेमा प्रवद्र्धन बढी गर्नुपर्ने अवस्था आएको हुदा पत्रकारको भूमीका महत्वपूर्ण हुने बताए । चलचित्रलाई परिमार्जित र व्यवस्थित बनाउनको लागि छिट्टै बक्स अफिस ल्याउने तयारी भएको उनलो सो अवसरमा जानकारी दिए ।
नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष बद्रीबिनोद प्रतिकले कार्यशाला परिणाममूखी हुनुपर्ने बताए । प्रशिक्षक कृष्ण भट्टराईले चलचित्र पत्रकारिताको दायरा फराकिलो हुँदै गएको बताए ।
कार्यक्रममा गुरुङ फिल्म एसोसियसनका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम), पोखरा फिल्मस सोसाइटीका अध्यक्ष घनश्याम लामिछाने, विग एफका अध्यक्ष महेश भण्डारी, प्रशिक्षार्थी श्रीभद्र पौडेल लगायतले पत्रकारहरु अध्ययनसिल हुनु पर्नेमा जोड दिएका थिए ।
चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष रेम बिकको अध्यक्षता भएको कार्यक्रमको संचालन सचिव सुशन घिमिरेले गरेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution