पोखरा –
मानिसको सरीरमा लाग्ने रोग मध्ये अधिकांस रोग मोटोपनाको कारणले लाग्ने हुदा त्यसलाई निर्मुल पार्न भन्दै हेल्दीहोमको शाखा पोखरामा विस्तार भएको छ । विश्व स्वास्थ्य संगठनको तथ्याङक अनुसार नेपालमा ७० प्रतिशत जसो रोगहरु मोटोपनको कारणले गर्दा लाग्ने गर्दछ ।
काठमाण्डौंमा धेरैको मन जित्न सफल मानिएको हेल्दी होमको आठौं शाखा पोखराको न्युरोड स्थित होटल दिपसागर को अगाडी विकाश तथा विस्तार गरिएको हो । सो बारेमा जानकारी दिन आइतबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मोटोपन र हेल्दी होम को बारेमा चर्चा गर्दै हेल्दी होमले मेशिनको मार्फत तथा औषधिको माध्यम दुवै तवरले मोटोपन हटाउन मद्दत गर्ने बताए ।
मुटु रोग, श्वासप्रश्वासमा समस्या, डाइबेटिज, उच्च रक्तचाप तथा कोलेस्ट्रोल, हाइपरटेन्सन, क्यान्सर आदि मोटोपन सम्बन्धित रोगहरु हुन भन्दै भुसालले कुनै साइडइफेक्ट बिना युवा देखि बृद्ध सम्म सबै उमेरका व्यक्तिको मोटोपना हेल्दीहोम पोखराले ग्यारेन्टीका साथ घटाउने दावी गरे । मोटोपनबाट ग्रसित मानिसहरुमा डाइबेटिज जस्ता रोगहरु लाग्ने सम्भाबना सामान्य मानिसमा भन्दा ४ गुणा बढि हुने हुदा भयाबहक रोगहरुबाट बची स्वस्थ रहनको लागी शरीर भित्र रहेको बोसोलाइ जरैदेखि निर्मुल पार्नुपर्ने बताए । हेल्दि होमले बिना कसरत बिना असर मानिसको शरीरमा भएको त्यस्तो बोसो हटाइ मोटोपना वाट छुटकारा दिलाउने दाबी उनले गरे । स्वास्थ्य र सुन्दरता दुवैको लागी मोटोपनको उपचार गर्नु अत्याबश्यक रहेको छ भन्दै भुसालले कोरिया लगाएत विश्वका अत्याधुनिक प्रविधिवाट आफुहरुले सेवा दिदै आएको वताए ।
WHO तथा विज्ञहरुले पनि शारीरिक व्यायाम गर्नु, दैनिक खानपानमा ध्यान दिनु लाइ मोटोपनको प्राकृतिक उपचार मानेका छन भने अल्ट्रासोनिक उपचार मोटोपनको उपचारको उपयुक्त वैज्ञानिक बिधि मानेका छन । यही अल्ट्रासोनिक विधि हेल्दी होमले भित्राएको हो ।नेपालमै पहिलो पटक बिगत १० वर्ष देखि निरन्तर सेवा दिँदै आईरहेको यस हेल्दी होम एण्ड नेचुरल हेल्थ केयर सेन्टरमा अत्याधुनिक Cryolipolysis, Ultra-Cavitation, Ultrasound and Multi-Polar radiofrequency प्रबिधिद्घारा औषधि, सर्जरी तथा शारीरिक व्यायाम बिना नै १ दिनमा १ देखि २ के.जि सम्म शरीरको मोटोपन घटाउन सकिने प्रालिले जनाएको छ । साथै शरीरको मेटाबोलिज्म लाई सन्तुलनमा राख्ने, शरीरको सेप मिलाउने, १ महिनामा ५ देखि १० ईन्च सम्म शरीरको ईन्च घटाउने, पेटमा भएको धर्सा, अनुहारको चाउरीपना मेटाउने, Breast साइज मिलाउने तथा Skin Tightening जस्ता मानिसको स्वास्थ्य र सुन्दरता संग सम्बन्धित सम्पूर्ण उपचार हेल्दी होम मा हुने उनले वताए ।
मोटोपन हटाउने अन्य उपचार का बिधि भन्दा हेल्दी होम कैयौं गुर्णा सस्तो र भरपर्दो भएको उनले दाबी गरे । हेल्थी होमको मासिक १५ हजारका विभिन्न प्याकेज तथा बार्षिक ७१ हजारसम्मका प्याकेज रहेको छ । पोखरामा शाखा विस्तारको क्रममा १० देखि १५ प्रतिशत छुटको व्याबस्था गरीएको कम्पनीले जनाएको छ । प्रालिले एकै पटकमा करीब २० जनासम्म सेवा दिन सक्ने भुषालले जनाए । यस्तो प्रकारको प्राकृतिक हेल्थ केयरले तौल घटाउन, स्वास्थ्य र सुन्दरता बनाउन, आफ्नो उमेरको १० देखि १५ बर्षसम्म आफ्नो आयु बढाउन मद्धत पु¥याउने भएको डाइटीसीयन कृष्ण भण्डारीले बताउदै आएका छन ।
यस पद्दति बाट बिरामीहरुको पनि मोटोपना घटाउन सकिन्छ । काठमाण्डौ उपत्यका लगायत देशका बिभिन्न ठाउँबाट सेवा दिँदै आइरहेको यस हेल्दी होमले वर्षौ देखि व्यायाम र अन्य उपायहरुबाट आजित भईसकेका हजारौँ महानुभावहरुलाई सन्तुष्टि प्रदान गर्दै स्वस्थ जिवन यापन गर्न सहयोग पु¥याईरहेको प्रालिको दाबी छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution