पोखरा –
पोखराको लामाचौरमा रहेको पश्चिमाञ्चल इन्जिनियरिङ्ग अध्ययन सस्थानमा विद्यार्थीहरुले तालावन्दी गरेका छन् ।
संस्थानमा विभिन्न १० वुँदे माग गर्दै उनिहरुले अनिश्चीतकालिन तालावन्दी गरेका छन् । नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीको सयुक्त आयोजनामा तालावन्दी गरीएको नेविसंघ सस्थानका नेता आदर्श लामीछानेले जानकारी दिए ।
उनले आफूहरुले विभिन्न समयमा शैक्षिक हक अधिकार र क्याम्पस सुदृढीकरणका विषयमा माग गर्दै आए पनी क्याम्पस प्रशासन मौन वसेकोले तालावन्दी गर्न वाध्य भएको वताएका छन् ।
यसैगरी अखिल क्रान्तिकारीका सस्थानका अध्यक्ष शंकर गौतमले तालावन्दीले आफूहरुको मागका विषयमा सुनुवाई नभए चरणवद्ध आन्दोलन गर्ने समेत उद्धघोष गरे ।





